काठमाडौं, ७ कात्तिक । आमिर खान, क्यट्रिना कैफ र अभिताभ बच्चन अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को दोस्रो टीजर सार्वजनिक भएको छ ।

Advertisement

सार्वजनिक टिजरमा दमदार डाइलगको साथै ‘सुरैया जान लेगी’ गीतलाई पनि समावेश गरिएको छ । फिल्मको यस गीतमा विशाल दलानी र श्रेया घोषालको आवाज रहेका छ । भिडियोको कोरियोग्राफी प्रभुदेवाको रहेको छ ।

गीतको टिजरमा आमिर खान र कैटरिनाको फिचरिङ रहेको छ । यो गीतको सुटिङ एकदमै भव्यसँग गरिएको थियो । यो फिल्ममा आमिर, कटरिना कैफ, अमिताभ बच्चनका साथमा फातिमा सना शेखको पनि मुख्य भुमिका रहेको छ ।

टिजरको अन्त्यमा लेखिएको छ, ‘गीतको फुल भर्सन केवल थिएटरमा मात्रै देख्न पाइनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!