एजेन्सी

काठमाडौँ । जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ । त्यस्ता रोगका किटाणुबाट जोगिन हामी अनेक उपाय अपनाउछौं । चिसो मौसममा लाग्ने रोगहरूबाट जोगिन हामी खानपानमा विशेष ध्यान दिन्छौं ।

Advertisement

शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने खाना, न्यानो कपडा, पानी तताएर मात्रै खानेलगायतका गतिविधि गर्छौ । यति मात्रै होइन जानी वा नजानी घाममा बसेर बदाम पनि खाने गर्छौं । यसरी जाडो मौसममा बदाम खानु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक हुन्छ ।

बदामलाई कतिपय ठाउँमा मुंगफली पनि भनिन्छ । बदाममा लगभग सबै प्रकारका पोषक तत्व पाइन्छ । एलमन्ड बदाममा अझै धेरै पोषक तत्व पाइने पोषकविद्हरूको भनाइ छ । एलमन्ड बदाम अलि महंगो हुन्छ । एक सय ग्राम काँचो बदाममा एक लिटर दुधमा पाइने प्रोटिन हुन्छ । बदामलाई भुटेर वा काँचै खान पनि सकिन्छ । फल मात्रै होइन बदामको तेल पनि छालाका किटाणुलाई नष्ट गर्न फाइदाजनक हुन्छ ।

पोषक तत्वले भरिएको बदाम खानुको फाइदा :

आयुर्वेदिक औषधि बनाउन: बदामबाट मानव शरीरमा आवश्यक पर्याप्त प्रोटिन प्राप्त हुन्छ । आयुर्वेदमा बदामको तेलको प्रयोगले विभिन्न औषधि बनाउनमा काम लाग्छ ।

मुटुको लागि राम्रो: सातामा ६ दिन बदाम सेवन गर्नाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ । त्यसबाहेक बदामले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न मद्दत गर्छ ।

हड्डिलाई बलियो बनाउँछ: बदाम सेवनले हड्डि बलियो हुन्छ । किनकी बदाममा पाइने क्याल्सियम र भिटामिन डीले हड्डिलाई पर्याप्त मात्रामा शक्ति प्रदान गर्छ ।

हार्मोन सन्तुलन राख्न सहयोगी: शरीरको विभिन्न प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्न हार्मोन उत्पादन सन्तुलित हुन जरुरी छ । नियमित बदाम सेवनले पुरुष र महिला दुबैको हार्मोन उत्पादनलाई सन्तुलित बनाइराख्छ ।

क्यान्सरको उपचार: बदाममा पोलीफिनोलिक नामक एन्टी–अक्सिडेन्ट पाइन्छ । यसले पेटको क्यान्सरको जोखिमलाई कम गर्छ । दुई चम्चा बदामको मक्खन सातामा एक पटक सेवन गर्नाले महिला र पुरुष दुवैमा पेटको क्यान्सरको जोखिम कम हुन्छ ।

प्रजनन क्षमता बढाउन सहयोगी: बदाममा फोलिक एसिड पाइन्छ । यसले गर्भावस्थाका बेला भ्रुणमा न्यूरल ट्युबको दोषलाई कम गर्छ । साथै यसले महिलामा प्रजनन शक्ति बढाउन पनि मद्दत गर्छ ।

छालाका लागि उत्कृष्टः बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।

तौल कम गर्छः बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!