फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग
विराटनगर । देशका सातवटा प्रदेशमध्ये सबैभन्दा पछिल्लो पटक नामकरण भएको ‘कोशी प्रदेश’ नाम खारेजी गर्नुपर्ने माग फेरि उठ्न थालेको छ । प्रदेशसभाले तत्कालीन ‘प्रदेश नम्बर १’ लाई कोशी नामकरण गरेसँगै पहिचान पक्षधर संगठन र दलहरुले आपत्ति जनाउन थालेका थिए ।
उनीहरुले प्रदेशको नाम खारेज गर्नुपर्ने र पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग जोडतोडले उठाए । महिनौंसम्म आन्दोलन भयो । प्रदेश राजधानी विराटनगरकेन्द्...