पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल

पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल

पाँचथर,२६ चैत । सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफक...
स्थानीय तहमा चेम्बर अफ कमर्श

स्थानीय तहमा चेम्बर अफ कमर्श

खोटाङ, २६ चैत ।  दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरिएको हो । केही समयअघि मात्र नेपाल चेम्बर अफ कमर्शका...
संखुवासभामा ट्रयाक्टर दुर्घटना, ४ को मृत्यु

संखुवासभामा ट्रयाक्टर दुर्घटना, ४ को मृत्यु

संखुवासभा, २६ चैत। संखुवासभाको सल्लेरीमा ट्रयाक्टर दुर्घटना हुन पुग्दा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मादी नगरपालिका – ७ बाघाका टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राईको ज्यान गएको हो । स २ त ५८०५ नम्बरको ट्रयाक्टरको डाली चैनपुर नगरापलिका– २ मा पर्ने तिखिढुङ्गाको सल्लेरी पल्टेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । प्रहरीका अनुसार तिखिढुङ्गाको सल्लेरीमा ट्रयाक्टरक...
चट्याङ लागेर वृद्धको मृत्यु

चट्याङ लागेर वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, २६ चैत । जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ । खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डी...
चार घर आगलागी हुँदा लाखौँको क्षति

चार घर आगलागी हुँदा लाखौँको क्षति

खोटाङ, २६ चैत । आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ । स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो । आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।...
भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर, २६ चैत । पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्दै यातायात, स्वास्थ्य र शिक्षा पहिल...
धनकुटेलीसँगै यसरी नाचे गोकर्ण बिष्ट (भिडियोसहित)

धनकुटेलीसँगै यसरी नाचे गोकर्ण बिष्ट (भिडियोसहित)

काठमाण्डौं, २६ चैत । नेकपा एमाले धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चको आयोजनामा राजधानीमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौंको चोभारमा भएको बनभोजमा करिव ४ सय भन्दा बढी सहभागि थिए । बनभोज कार्यक्रमकै अवसर पारेर धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चको भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ । सोहि अवसरमा धनकुटाका मृगौलापीडित चुडामणी पुलामीको उपचारार्थ आर्थिक सहयोग पनि गरिएको सम्पर्क मञ्चका अध्यक्ष तिलक ...
वीपी प्रतिष्ठानका उपकूलपतिलाई एक साताको अल्टिमेटम

वीपी प्रतिष्ठानका उपकूलपतिलाई एक साताको अल्टिमेटम

धरान, २६ चैत्र । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको भ्रष्टाचारका विषयमा धरानका युवाहरुले प्रतिष्ठानका उपकूलपतिलाई र्याखर्याख्ती पार्दै अल्टिमेटम सहित ज्ञापनपत्र दिएका छन् । धरान एक्सन ग्रुपले प्रतिष्ठानमा भईरहेको सम्पूर्ण भ्रष्टाचारको निष्पक्ष रुपमा छानविन गरी भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै सात दिने अल्टिमेटम दिएका हुन् । आज प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई ज्...
आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

विराटनगर,२५ चैत। आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो ।  एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथिस अनुसन्धान भइरहेको बताएका छन् ।  शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका ब...
बिराटनगरमा शौच गर्न बाहिर निस्किदा आचार्य श्रीनिवासमाथि गोली प्रहार

बिराटनगरमा शौच गर्न बाहिर निस्किदा आचार्य श्रीनिवासमाथि गोली प्रहार

विराटनगर, २५ चैत । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँ विराटनग...
प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

विराटनगर, २५ चैत । प्रदेश १ मा आगामी तीन वर्षभित्र ६ सय ५२ मेगावाट विद्युत् उत्पादनको काम अघि बढाइएको छ । तर प्रदेश १ मा १० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरु बताउँछन् । प्रदेश १ लाई कसरी अरु प्रदेशभन्दा अब्बल बनाउने भन्ने योजनामा सरकार जुटेको छ । कृषि, औद्योगिक, पर्यटनलगायतका क्षेत्रसँगै  उर्जालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । तीन वर्षमा ६ सय ५२ मेगावाट विद्युत् उत्पा...
आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत ।  उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शु...
त्रिभुवन आर्मी क्लब विराट गोल्डकपको फाइनलमा, दोस्रो सेमिफाइनल संकटा र थ्रीस्टार बीच हुँदै

त्रिभुवन आर्मी क्लब विराट गोल्डकपको फाइनलमा, दोस्रो सेमिफाइनल संकटा र थ्रीस्टार बीच हुँदै

विराटनगर, २४ चैत ।  त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो ।आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । आर्मीले यो सिजन सात वटा नकआउट उपाधि जितिसकेको छ । आर्मीको जित...
मुलखर्कमा घुम्ती शिविरको पहिलो चरणबाट अढाई सयले लिए सेवा

मुलखर्कमा घुम्ती शिविरको पहिलो चरणबाट अढाई सयले लिए सेवा

धनकुटा, २३ चैत । सर्वसाधरणलाई गाउँमै सेवा दिने उद्देश्यले महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा आयोजित एकिकृत घुम्ती सिविरको पहिलो चरणबाट करिव अढाई सय जनाले सेवा लिएका छन् । महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु भएको शिविरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट २ सय ३६ जनाले सेवा लिएका हुन् । पहिलो चरणको शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ५० जना...
विवाह गर्छु भनेर गर्भवती बनाएपछि हत्याको प्रयास

विवाह गर्छु भनेर गर्भवती बनाएपछि हत्याको प्रयास

मोरङ, २३ चैत। मोरङ प्रहरीले मुसहर समुदायकी एक महिलालाई जबरजस्ती करणी गरी हत्या प्रयास गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका–७ का २३ वर्षीय अजय झा छन् । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । विराटनगरको एक होटलमा काम गर्ने ती महिलालाई अजयले विवाह गर्छु भनि ललाई–फकाई पटक पटक करणी गरी गर्भ बसेको थाहा पाएपछि हत्...
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इनरुवा, २३ चैत । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी ...
यसवर्ष खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

यसवर्ष खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

सल्लेरी, सोलुखुम्बु, २३ चैत। फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिनुभयो । अमेरिकाबाट...
कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

काठमाडौं, २३ चैत । भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ अर्ब ६१ करोड मात्रै नेपाल सरकारलाई उपलब्ध गराएको छ । यो रकम सहयोग प्रतिबद्धत...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी, मोरङ, २३ चैत ।  मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको ध...
संखुवासभाको चैनपुरबाट मोटरबाटोले गुफापोखरी जोडिँदै

संखुवासभाको चैनपुरबाट मोटरबाटोले गुफापोखरी जोडिँदै

संखुवासभा, २३ चैत। गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी —गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ । स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी गुफापोखरी सडकखण्डअन्तर्गतको सडक निर्माण कार्यले तीव्रता पाएको छ । चैनपुर नगरपालिकाको  १५ लाख बजेटबाट सो खण्डको करीब नौ किमी सडकमध्ये पाँच किमी धुले सडक निर्माण भइसकेको उपभोक्त...
प्रदेश १ काे सरकारले थाल्यो बजेट तयारी

प्रदेश १ काे सरकारले थाल्यो बजेट तयारी

विराटनगर, २३ चैत । प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । बजेटलाई जनमुखी बनाउन कार्यदल बनाइएको आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेशमा कर प्रणालीको अवस्था, वृद्धिका सम्भावना, समस्या र चुनौती अध्ययन गर्न अर्थशास्त्री डा. पिके झा...
प्रधानमन्त्री ओलीको भारत भ्रमण शुक्रबारदेखि, अरुण तेस्रोको शिलान्यास हुने

प्रधानमन्त्री ओलीको भारत भ्रमण शुक्रबारदेखि, अरुण तेस्रोको शिलान्यास हुने

काठमाडौँ, २२ चैत। निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ । नेपाल वायु...
स्तरीय उपचारमा नोबेलको फड्को: यूरोपका विरामी पनि आउँन थाले नोबेल अस्पताल (भिडियोसहित)

स्तरीय उपचारमा नोबेलको फड्को: यूरोपका विरामी पनि आउँन थाले नोबेल अस्पताल (भिडियोसहित)

विराटनगर, २२ चैत । सामान्यतया विदेशीहरु भ्रमणको सिलसिलामा नेपाल आउँने गर्छन् । यूरोपका विरामी उपचारकालागि नेपाल आउँछन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेपछि यूरोपका विरामी पनि स्तरीय उपचारको खोजिमा नोबेल अस्पताल आउँन थालेका छन् । फिनल्याण्डबाट ब्रेन ट्यूमरको शल्यक्रियाकालागि ‘हेलिकप्टर ...
प्रदेश १ मा ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर

प्रदेश १ मा ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर

विराटनगर, २२ चैत  । प्रदेश १ अन्न भण्डारका रुपमा परिचित छ । तर, पछिल्ला समयमा यो प्रदेशमा मुख्य खाद्यान्नका रुपमा रहेको धानको उत्पादन घट्दो क्रममा छ । प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो । धान खेती हुदै आएको जमिन मासिदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धानको खेतीपनि घटदै गएको हो । विशेष गरी बसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन...
विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी: मुख्यमन्त्री राई

विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी: मुख्यमन्त्री राई

विराटनगर, २२ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघद्वारा आज  आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उहाँले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताउनुभयो ।...
आगलागीबाट चालीस लाखको क्षति

आगलागीबाट चालीस लाखको क्षति

विराटनगर, २२ चैत । मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको  ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ ।स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा ...
इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

मंगलबारे, इलाम, २२ चैत ।  इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् । जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाक...
राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

तेह्रथुम, २२ चैत । गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् । माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष ढिला गरेर फुलेको हो । यतिबेला टिएमजेमा गुर...
बन्धुको कार्यक्रममा यसरी मच्चाए धुर्मुसले धमाका (भिडियो)

बन्धुको कार्यक्रममा यसरी मच्चाए धुर्मुसले धमाका (भिडियो)

विराटनगरमा जमरकट्टेलबन्धुको कार्यक्रममा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले दर्शकलाई यसरी हसाए । भिडियो हेर्नुहोस्... सम्बन्धित समाचार... जमरकट्टेल वंश एकता प्रतिष्ठानद्धारा धुर्मुस-सुन्तली र अर्पणलाई सम्मान, फाउण्डेसनलाई सहयोग
चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

खोटाङ, २२ चैत । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पता...
चट्याङ लागेर भोजपुरमा एक जनाको ज्यान गयो

चट्याङ लागेर भोजपुरमा एक जनाको ज्यान गयो

भोजपुर, २२ चैत ।  भोजपुरमा चट्याङ लागेर बुधबार साँझ एक जनाको ज्यान गएको छ । पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा साँझ ५ बजेतिर ४० बर्षिया तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पानीपरेसँगै घरमा बसिरहेकी घिमिरेलाई चट्याङ्ले टाउँको र घाँटीमा चोट लागेको थियो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।  
error: Content is protected !!