आगलागीबाट दुई घर नष्ट, बीस लाखको क्षति

आगलागीबाट दुई घर नष्ट, बीस लाखको क्षति

गाईघाट, उदयपुर, ३ वैशाख। उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु...
पण्डित श्रीनिवास आचार्यमाथि गोली हान्ने भारतीय सुटर !

पण्डित श्रीनिवास आचार्यमाथि गोली हान्ने भारतीय सुटर !

विराटनगर, ३ वैशाख। पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। ‘अनुसन्धानमा जुटिरहेका छौँ। कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपीले भने । त...
वर्षाले ३५ करोडको इँटा क्षति

वर्षाले ३५ करोडको इँटा क्षति

विराटनगर, ३० चैत । केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ । वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताउनुभयो । आनन्द इँटा उद्योग मोरङका सञ्चालक दिलीप वगडियाले व...
प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर, ३० चैत। प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका ...
अस्पताल भवनको निर्माण कार्य अलपत्र

अस्पताल भवनको निर्माण कार्य अलपत्र

इटहरी, ३० चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन । उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमल...
ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, मोरङ, ३० चैत । बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो । ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्...
सिधुवामा नयाँ बर्षलाई स्वागत गर्दै प्रभातफेरी

सिधुवामा नयाँ बर्षलाई स्वागत गर्दै प्रभातफेरी

सिधुवा, ३० चैत । धनकुटाको सिधुवा बजारमा नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै आज बिहान प्रभातफेरी निकालिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा प्रभातफेरी निकालिएको हो । बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरुको उपस्थितीमा स्थानीय हिलटपबाट सुरु भएको प्रभातफेरीले बजारक्षेत्रको परिक्रमा गरेको थियो । नयाँ बर्षको शुभकामना साटासाट गरी बैंक तथा बित्तिय सस्थाहरुवीच आपसी समझदारी बिका...
नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

तेह्रथुम, ३० चैत।  प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो । मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुर...
भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

सुरुङ्गा, झापा, ३० चैत ।  आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर न...
धनकुटामा अखिल क्रान्तिकारीको सम्मेलन : अध्यक्षमा रखाल निर्वाचित

धनकुटामा अखिल क्रान्तिकारीको सम्मेलन : अध्यक्षमा रखाल निर्वाचित

धनकुटा, २९ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को सातौं जिल्ला सम्मेलनबाट पदम रखाल मगर अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबारराति सम्पन्न सम्मेलनले रखालको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रविन मग्राती, संगिता कटुवाल, सचिवमा शुक्रराज लिम्बू, सह–सचिवमा सिताराम लिम्बू, सुस्मिता राई र क...
१ नं प्रदेशमा एक अर्बको बजेट प्रस्तुत

१ नं प्रदेशमा एक अर्बको बजेट प्रस्तुत

विराटनगर, २९ चैत । प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो । सो बजेटमा चालु खर्च रु ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ रु ४७ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारको अनुदानमा प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरिएको विनियोजित बजेटमा चालु आवका साथै प्...
सार्वजनिक बिदा दुई दिन थप

सार्वजनिक बिदा दुई दिन थप

विराटनगर, २९ चैत। प्रदेश-१ सरकारले केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो। थप बिदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ। यस्तै, मन्त्रिपरिषद्को बैठकले छठ पर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरेको छ।  केन्द्र सरकारले भने छठ मनाउने जिल्लाहरूमा मात्रै बिदा दिने निर्णय गरेको थियो। यस्...
नोबेलको निःशुल्क उपचारले बाच्यो छलमाँयाको ज्यान (भिडियो रिपोर्टसहित)

नोबेलको निःशुल्क उपचारले बाच्यो छलमाँयाको ज्यान (भिडियो रिपोर्टसहित)

विराटनगर, २९ चैत । उपचार गर्ने पैसा नहुँदा मोरङको सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठलाई बाँच्ने आसा थिएन । मस्तिष्क भित्रको नसा फुटेकी छलमाँयाको अप्रेशन गर्ने पैसा अभाव हुँदा परिवारले पनि उनलाई माँया मारिसकेको थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले उनको निःशुल्क अप्रेशन गरेपछि श्रेष्ठ परिवारको यो पीडा खुशीमा बदलिएको छ । उपचार गर्ने पैसा नभएर मायाँ मारिसकेको मान्छेलाई नोबेलले न...
सुनसरीमा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल्ने तीन जना पक्राउ

सुनसरीमा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल्ने तीन जना पक्राउ

इटहरी, २९ चैत । गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति ...
मोरङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

मोरङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

विराटनगर, २९ चैत । सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थिय...
यस्ती छन् मिस नेपाल-२०१८ बिजेता श्रृंखला (१० तस्वीरसहित)

यस्ती छन् मिस नेपाल-२०१८ बिजेता श्रृंखला (१० तस्वीरसहित)

काठमाडौँ, २९ चैत । हेटौंडाकी श्रृंखला खतिवडाले मिस नेपाल–२०१८ को उपाधि पाएकी छन् । २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल बनेकी खतिवाडा इन्जिनरिङकी विद्यार्थी हुन् । श्रृंखला बौद्धिक रुपमा निकै तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद हुन्...
उदयपुरमा ५० हजार घुससहित नापीका हाकिम पक्राउ

उदयपुरमा ५० हजार घुससहित नापीका हाकिम पक्राउ

गाईघाट,उदयपुर, २९ चैत्र । गाईघाट नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो । सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र शंसोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँक...
राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

चमैयाचित्रे (इलाम), २९ चैत । प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे इलाम घोषणापत्र २०७४ जारी गरेको छ । निर्वाचनमा वाम दलहरुले गरेको प्रतिबद्धता बमोजिम राष्ट्रिय पूँजीको विकासमार्फत् स्वदेशमै रोजगार सिर्जना गरी स्वाधिन अर्थतन्त्रमार्फत् जनताको मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्...
मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराले जितिन् ‘मिस फ्रेण्डसिप अवार्ड’ (भिडियोसहित)

मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराले जितिन् ‘मिस फ्रेण्डसिप अवार्ड’ (भिडियोसहित)

काठमाण्डौं, २९ चैत । मिस नेपाल–२०१८ को टप सेभेनमा पुगेकी धनकुटा हिलेकी सायरा लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ पाएकी छन् ।हिडेन ट्रेजरको आयोजनामा राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा लामा टप सेभेनमा पुगेकी हुन् । सोहि अवसरमा बिभिन्न १२ विधामा प्रदान गरिएको टाईटल अवार्ड मध्ये लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ जितेकी हुन् । प्रतियोगितामा २५ प्रतियोगि सहभागि थिए । ...
पाँचथर गोल्डकप : विर्ता युनाइटेड झापा सेमिफाइनलमा

पाँचथर गोल्डकप : विर्ता युनाइटेड झापा सेमिफाइनलमा

पाँचथर, २८ चैत । पाँचथर सदरमुकाम फिदिममा जारी दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड झापा विजयी बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा ४–२ गोल अन्तरले हेटौँडालाई हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । झापाको जितमा पुष्प मादेनले खेलको २० औँ ६७ औँ र ७७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यस्तै नवय...
उदयपुरमा बिष्फोट हुँदा बालक गंभीर घाईते

उदयपुरमा बिष्फोट हुँदा बालक गंभीर घाईते

गाईघाट, उदयपुर, २८ चैत । त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ । थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा ...
धनकुटामा टाटासुमो दुर्घटना हुँदा ७ घाईते

धनकुटामा टाटासुमो दुर्घटना हुँदा ७ घाईते

धनकुटा, २८ चैत । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फलामेटारमा टाटासुमो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । डाँडाबजारबाट छिन्ताङ जाँदै गरेको को.१ ज.२९८२ नम्बरको टाटासुमो जीप मंगलवारसाँझ दुर्घटना भएको हो । दुर्घटनामा परी साँगुरीगढी–५ डाँडाबजारका १३ वर्षीय ऋषी बराईली, १६ वर्षीय पुजन वि.क. र १७ वर्षीय पुकार वि.क. गंभीर घाईते भएका छन् । ४ जनाको अवस्था सामान्य रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सु...
भेडेटारबाट लागूऔषधसहित एक जना पक्राउ

भेडेटारबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा, २८ चैत । धनकुटाको भेडेटारबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २० बर्षीय सरद पाख्रीन छन् । को.१ ख ५६७३ नम्बरको बसमा सवार पाख्रीनको साथबाट चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट–५२ एम्पुल र गाँजा ३० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...
तराईका तीन जिल्ला डेंगुको जोखिममा

तराईका तीन जिल्ला डेंगुको जोखिममा

बनियानी, झापा, २८ चैत ।  झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो । उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा डेंगु भेटिएको जिल...
राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

राष्ट्रपति रनिङ्ग शिल्डमा लगातार चौथो पटक पनि भानु मा.वि. कै कब्जा

धनकुटा, २८ चैत । धनकुटामा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदकसहित ५ रजत जितेर भानु माध्यमिक विद्यालय जिल्ला प्रथम भएको छ । कपर्टी, एथ्लेटिक्स, महिला भलिवल, पुरुष भलिवल लगायत खेलमा प्रथम हुदै भानु मा.वि.डाँडाबजार प्रतियोगितामा बिजयी बनेको हो । भानु मा.वि.ले यो सँगै लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । त्यसैगरी ५ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित कुरुल...
धनकुटा आइपुगेर प्रचण्डले भने ‘वैशाख ९ मै हुन्छ पार्टी एकता’ (भिडियोसहित)

धनकुटा आइपुगेर प्रचण्डले भने ‘वैशाख ९ मै हुन्छ पार्टी एकता’ (भिडियोसहित)

धनकुटा, २७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ गते एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको घोषणा हुँने दावी गरेका छन् । धनकुटाको पाख्रीबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तरगत कृषि संकायको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कक्षा उद्घाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । पार्टी एकताका लागि गठित दुई समितिले प्रतिवेदन ब...
आगलागीबाट १५ लाखको क्षति

आगलागीबाट १५ लाखको क्षति

मंगलबारे, इलाम, २७ चैत ।  इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट  १५ लाख बराबरको धनमाल क्षति भएको छ । स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ । इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ...
कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

विराटनगर, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पार्नुभयो...
बम बिस्फोटबाट घाईते कार्कीको उपचारमा नोबेल अस्पताल सञ्चालक डा.शर्माद्वारा एक लाख सहयोग

बम बिस्फोटबाट घाईते कार्कीको उपचारमा नोबेल अस्पताल सञ्चालक डा.शर्माद्वारा एक लाख सहयोग

विराटनगर, २७ चैत । विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.शुनिल शर्माले नेपाली कांग्रेस उदयपुरका निवर्तमान सभापति नारायण कार्कीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । गत मंसिरमा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम बिस्फोटमा परी गंभीर घाईते भई उपचाररत कार्कीका लागि नोबेल अस्पताल सञ्चालक डा.शर्माले सहयोग गरेका हुन् । नोबेल अस्पतालमा आज कार्यक्रम गरी कांग्रेस मोरङका सभापति डिगबह...
‘प्रचण्ड’ धनकुटा आउँदै

‘प्रचण्ड’ धनकुटा आउँदै

धनकुटा, २७ चैत । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनकुटा आउने भएका छन । पाख्रीवासमा पूर्वकै पहिलो कृषि क्याम्पस उद्घाटनका लागि प्रचण्ड आउँने भएका हुन् । हालै मात्र सञ्चालनमा आएको कृषि क्याम्पस उद्घाटनका लागि प्रचण्ड आउँने कार्यक्रम रहेको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार ...
थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार

थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार

विराटनगर, २६ चैत । थ्री स्टारले विराट गोल्डकपको उपाधि चुमेको छ । बिराटनगरमा सोमबार राति सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधिमाथि कब्जा जमाएको हो । थ्री स्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परे । विराट गोल्डकपको पाँचौ संस्करणको फाईलनमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन । पटक-पटक पाएको म...
error: Content is protected !!