चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते
खोटाङ, २२ चैत । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् ।
घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पता...



























