छुरा प्रहार गरी फरार वडा सदस्य पक्राउ

छुरा प्रहार गरी फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ, ११ भदौ । उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिए। मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ । चालीस वर्ष...
चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

खोटाङ, ११ भदौ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ ...
मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

विराटनगर, ११ भदौ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीन...
यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

विराटनगर, ११ भदौ । विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबा...
बिराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण : हत्या आरोपमा आठ दिनपछि ठेला चालक पक्राउ

बिराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण : हत्या आरोपमा आठ दिनपछि ठेला चालक पक्राउ

विराटनगर, १० भदौ । केहि दिन अघि बिराटनगरमा भएको सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगरस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड ५० बर्षीय टंकप्रसाद भट्टराईको गत भदौ २ गते बिभत्स तरिकाले हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर–४ जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई आइतबार विराटनगर–१५ रानी ढाटबाट पक्राउ गरी ...
पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

पाथीभरा गोल्डकप: रेडस्टार झापा विजयी

ताप्लेजुङ, १० भदौ । ताप्लेजुङमा शुक्रबारदेखि जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आज भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ । रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । दुई विदेशी खेलाडीले गरेको गोल नै झापाको जितका लागि सहज बन्यो । ...
सुनसरीको मधेसामा एक किशोरी बलात्कृत

सुनसरीको मधेसामा एक किशोरी बलात्कृत

इटहरी, १० भदौ । सुनसरीमा गए राती एक किशोरीमाथि बलात्कार भएको आशंका गरिएको छ । इनरुवा ६ स्थित मधेसामा अन्दाजी १८–१९ बर्षिय किशोरी अचेत अबस्थामा फेला परेकी थिइन । उनलाई पूर्व पश्चिम राजमार्ग छेउमा गए राती ९ बजे अचेत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ति किशोरी नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला परी उपचारको लागी बिराटनगर तत्कालै लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी ...
भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

पाँचथर, १० भदौ । पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ ...
साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

खोटाङ, १० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको...
‘इलाम सिटी मार्ट’ बनाइने

‘इलाम सिटी मार्ट’ बनाइने

इलाम, ९ भदौ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालि...
ताप्लेजुङको यामफुदिन केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प

ताप्लेजुङको यामफुदिन केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प

काठमाडौँ, ८ साउन । ताप्लेजुङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए । यो गोरखा भूकम्प ७ दशमलव ६ रेक्टर स्केल को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ । गोरखा भूकम...
कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

सोलुखुम्बु, ८ भदौ । कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब रु एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक सामाग्री जडित रहेको छ । योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र र धुलिखेल अस्पतालको संयुक्त प्रयासमा सञ्चालित स्वास्थ्य केन्द्रलाई मध्यनजर गर्दै कोरियाली सरक...
धनकुटामा मोटरसाइकलको ठक्करबाट बृद्धा गम्भीर घाईते

धनकुटामा मोटरसाइकलको ठक्करबाट बृद्धा गम्भीर घाईते

धनकुटा, ८ भदौ । धनकुटा बजारको चुवाको बोट चौकमा आज बिहान मोटरसाईकलको ठक्करबाट एक बृद्धा गम्भीर घाईते भएकी छन् । चुवाको बोट चौक नजिकै रहेको एनआइसी एसीया बैंक अगाडी मोटरसाइकलले ठक्करदिंदा पैदलयात्री चौबिसे गाउँपालिका–४ की ६१ बर्षीया पूर्णमाया भण्डारी गम्भीर घाईते भएकी हुन् । परिचयमोड तिरबाट बसपार्कतर्फ जांदै गरेको को.२२ प.४८७५ नम्बरको मोटरसाईकलले बाटो काट्दै गर्दा वद्धालाई ठक्कर दिएको प्रत्यक्षदर...
भेडेटार–ढुंगे ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु

भेडेटार–ढुंगे ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु

साँगुरीगढी, ८ भदौ । धनकुटाको साँगुरीगढी पाउँपालिकाको भेडेटारदेखि महाभारत ढुंगेसम्मको ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको १६ करोड २७ लाख ९१ हजारको लागतमा भेडेटारदेखि ढुङ्गेसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न काम सुरु गरिएको निर्माण ब्यवसायी गोपालसिंह गिरीले जानकारी दिए । उक्त सडक कालोपत्रे गर्न केरेभेन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ । भेडेटार–मह...
धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिकामा कर बृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिकामा कर बृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

धनकुटा, ७ भदौ । कर बृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले बिहिबार चौबिसे र साँगुरीगढी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । अवैज्ञानिक रुपमा अत्याधिक मात्रामा कर बढाईएको भन्दै कांग्रेसले सो निर्णय फिर्ता लिन मागसहित ज्ञापनपत्र बुझाएको हो । कांग्रेस सचिव बिजय सन्तोषी राईको नेतृत्वमा गएको टोलीले चौविसे गाउँपालिकाका प्रमुख खजिन्द्र राई र साँगुरीगढी गाउँपालिकाका राजश्व परार्मश समिति ...
मिक्लाजुङ गाउँपालिकामा सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

मिक्लाजुङ गाउँपालिकामा सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

मोरङ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गरे । केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ । एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्ज...
धनकुटाका समाजसेवी प्रधानको निधन, मुलघाटमा गरियो अन्त्येष्टि

धनकुटाका समाजसेवी प्रधानको निधन, मुलघाटमा गरियो अन्त्येष्टि

धनकुटा, ६ भदौ । गएराति निधन भएका धनकुटा पाख्रीवासका समाजसेवी शुक्रवहादुर प्रधानको पार्थिव शरिरलाई आज मुलघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसको सक्रिय सदस्यसमेत रहेका व्यवसायी प्रधानको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि गरिएको हो । प्रधानको पार्थिव शरिरमा नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञानवहादुर गुरुङ्ग, धनकुटा नगरसभा...
छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं, ६ भदौ । आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट गम्भीर भएकी सफलताको बिर्तासिटी अस्पतालमा उपचार...
प्रधानमन्त्रीलाई गृहजिल्लामा नागरिक अभिनन्दन

प्रधानमन्त्रीलाई गृहजिल्लामा नागरिक अभिनन्दन

भद्रपुर, ६ भदौ । गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आउनुभएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घसंस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा प्रदेश नं १ का मुख...
सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

झापा, ६ भदौ । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औँजारको प्रयोग गर्न थालेका छन् । कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली...
मोरङका मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

मोरङका मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

विराटनगर, ६ भदौ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १...
प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार नि...
पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

पथरीशनिश्चरे, ६ भदौ । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए । उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार द...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भए...
सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’

सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’

काठमाडौँ, ६ भदौ ।  प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ ...
मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

काठमाडौँ, ६ भदौ । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।, आजको नयाँ पत्रिका मा यो खबर छ ।
सुन तस्करी प्रकरणः उच्च अदालतमा चार वटा इजलासमा बहस, छुटेका प्रहरीलाई थुनामा राख्न आदेश

सुन तस्करी प्रकरणः उच्च अदालतमा चार वटा इजलासमा बहस, छुटेका प्रहरीलाई थुनामा राख्न आदेश

विराटनगर, ६ भदौ  ।  ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस नारयणप्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाई सादा तारेख र र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएका थिए । तर, सोही आदेश...
प्रधानमन्त्री ओलीद्वारा घर–घरमा पाइपलाइन ग्यासको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा घर–घरमा पाइपलाइन ग्यासको उद्घाटन

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लग...
‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँदै

‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँदै

विराटनगर, ५ भदौ । थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँने भएको छ । आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलवारदेखि शनिवारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो । बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । आईकनको पहिलो अडिसन मंगलवार सुनसरीको झुम्कामा हुँदैछ ...
हल्दिबारी गाउँपालिद्वारा २० लाखको छात्रवृत्ति प्रदान

हल्दिबारी गाउँपालिद्वारा २० लाखको छात्रवृत्ति प्रदान

बनियानी, झापा, ५ भदौ । हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको छ । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँपालिकामा रहेको ...
विराटनगरमा सडकमै सुरक्षा गार्डको शव राखेर प्रर्दशन, हत्यारालाई कारबाहीको माग

विराटनगरमा सडकमै सुरक्षा गार्डको शव राखेर प्रर्दशन, हत्यारालाई कारबाहीको माग

विराटनगर, ४ भदौ । विराटनगर–२ मा रहेको न्यू बिक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या भएपछि पीडित पक्षले सोमबार मृतकको शव वीच सडकमा राखेर विरोध प्रदर्शन गरेका छन् । विराटनगर–४ का ५० वर्षीय टंक भट्टराईको हत्या गरेको अवस्थामा आईतबार विहान शव फेला परेको थियो । घटनापछि हत्यारालाई तत्काल पक्राउ गरि कारबाहीको माग गर्दै पीडित पक्षले बिराटनगर–धरान सडकमा शव राखेर प्रदर्शन गरेका हुन् । भट्टराईको शव...
error: Content is protected !!