मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता
कालिकोट, २२ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ ।
सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ । शाहीले ६ वर्षदेखि निरन्तर विशिष्ट श्...