काठमाडौं, २० चैत ।  सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको छ ।

Advertisement

साविकको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौ-बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामिण क्षेत्रमा सवारी साधन चलाउन छाडेका छन् । आजको कारोबारमा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!