ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ ।
निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास र समृद्धिको पक्षमा रहेको आफूले पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनआकांक्षा र मुलुकको आर्थिक ...
























