ऐँसेलु बेचेरै १ करोडभन्दा बढी आम्दानी
संखुवासभा, २९ असार । ऐंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालोले टिपेर खाएमात्र यसको खपत हुन्छ नत्र झरेर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन ।
तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँसेलु बिक्री गरेर उनीहरुले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । वाइनलाई थप स्व...





























