राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रम पारित गरेको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प...





























