रविन थापा मगर

कतार (दोहा) । प्रवासमा रहेका धनकुटेलीले वनभोजसहित साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरेका छन् । धनकुटा प्रवासी सेवा समाजको आयोजनामा उम सलालमा वनभोज तथा साँस्कृतिक कार्यक्रम गरिएको हो ।

संस्थाका कार्यबाहक अध्यक्ष पदम कुमार घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा एन आरएन ए एनसीसी कतारका अध्यक्ष नविन पोखरेल, संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार तुलसी सुबेदी, सल्लाहकार सदस्यहरु डिएन.पाङ्मी मगर, रकमध्वज राई, केशव कार्की, संस्थापक सदस्यद्धय राज कुमार खड्का, खडानन्द अधिकारी लगायत पनि सहभागि थिए ।

Advertisement

नेपाली राष्ट्रिय गानबाट थालिएको कार्यक्रममा धनकुटेली गायक सारुक सुन्दासलगायतले देशभक्तीले ओतप्रोत राष्ट्रिय गीत गाएर सांगितिक माहोल बनाएका थिए । कार्यक्रममा नृत्यङ्गना समीक्षा श्रेष्ठ, साजना स्वर्णकारको नृत्यले माहोललाई थप तताएको थियो ।

यस्तै गायक संजय चाम्लिङ्ग, सुबिन राई, राजन माझी, सोम थापा मगर, प्रकाश माझि, फुल बहादुर मगर, रवी पुलामी मगर र विजय कुमार मगरको गीतले कार्यक्रमलाई रौनकता दियो ।

कार्यक्रमको प्रमुख आकर्षण धनकुटाको हुर्रा नाच थियो । संस्थाका सल्लाहकार डिएन पाङ्गी मगर र चर्चित गायिका श्रेयसी चेम्जोङ्गको स्वरमा रहेको हुर्रा गीतमा सहभागी झुमेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!