
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















