बिहिबार, साउन २६, २०७९
काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...