संगालोखबर

काठमाडौँ । स्वास्थ्य तथा शैक्षिक संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर तिरेबापत विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नोबेल अस्पतालका व्यवस्थापन समिति सल्लाहकार सोइना शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे । आर्थिक वर्ष २०८१/०८२ मा बढी कर तिरेबापत नोबेललाई सम्मान गरिएको हो ।

सर्वोत्कृष्ट करदाताको रुपमा नोबेलले पाएको यो छैटौँ सम्मान हो । यसअघि सर्वोत्कृष्ट करदाता बनेर नोबेल अस्पताल २०७५, ०७८, ०७९, ०८० र २०८२ मा सम्मानित भएको थियो ।

पूर्वसांसद डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल चिकित्सा शिक्षा र स्वास्थ्य उपचारका क्षेत्रमा अब्बल संस्थाका रुपमा स्थापित छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!