संगालोखबर


विराटनगर । मोरङबाट लागूऔषध ब्राउन सुगरसहित एकै परिवारका तीन जना पक्राउ परेका छन् । रंगेली नगरपालिका-४ चोप्राहा बोर्डरबाट पैदल नेपालतर्फ आइरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्त अररियाका ४५ वर्षीय रघुनाथ पासवान, उनकी श्रीमती ४० वर्षीया शकुन्तला र छोरा करण छन् । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई २९ ग्राम ४८० किलोग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

Advertisement

चेकजाँचका क्रममा शकुन्तलाले बोकेको कालो रंगको प्लाष्टिकको पोकाबाट लागूऔषध बरामद भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!