संगालोखबर


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डीनमा प्रा.डा. सन्देशदास श्रेष्ठ नियुक्त भएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्ठाले नवौँ डीनका रूपमा नियुक्त गरेपछि श्रेष्ठले औपचारिक रूपमा आज कार्यभार सम्हालेका हुन् ।

यसअघि श्रेष्ठलाई विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. यादवराज कोइरालाले चार वर्षे कार्यकालका लागि सातौँ डीनमा नियुक्त गरेका थिए ।

Advertisement

सरकारले २०८३ वैशाख १८ गते ल्याएको अध्यादेशमार्फत सार्वजनिक पद धारण गरेका १ हजार ५९४ जना पदाधिकारीलाई पदमुक्त गर्दा उनी पनि डीन पदबाट हटेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!