यस्ता छन ॐ जप गर्दा हुने शारीरिक लाभहरु

यस्ता छन ॐ जप गर्दा हुने शारीरिक लाभहरु

ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुदैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिादैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ । ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ । अ को अर्थ हुन्छ उत्पन्न हुनु, उ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र म को अर्थ हुन्छ मौन हुनु...
किशोरकिशोरी एकान्त खोज्छन्? डिप्रेसनमा परे कि?

किशोरकिशोरी एकान्त खोज्छन्? डिप्रेसनमा परे कि?

काठमाडौं, १४ चैत। तपाईंका स्कुल–कलेज जाने उमेरका छोराछोरी एकान्तमा बस्न रुचाउँछन् ? उनीहरु फरक गतिविधि गर्न देखाउन थालेका छन्? यस्ता समस्या देखिन थालेका छन् भने समयमै ध्यान दिनुहोस्! तपाईंका छोराछोरी डिपे्रसनमा पनि परिसकेका हुन सक्छन्। स्कुल–कलेजका किशोरकिशोरीमा डिपे्रसन बढेपछि कतिपय उपचारमा पुगेका छन् भने कतिपय आत्महत्या प्रयास वा आफैंलाई हानि गर्ने क्रियाकलापमा लाग्ने गरेको पाइएको छ । त्यस्ता ...
प्लाष्टिकले कसरी घर-घरमा रोग भित्र्याउँदै छ ?

प्लाष्टिकले कसरी घर-घरमा रोग भित्र्याउँदै छ ?

‘प्लाष्टिक,’ जो प्राणी जगतको निम्ति अभिशाप बन्न सक्छ । प्लाष्टिक कुहिँदैन, सड्दैन, गल्दैन । अर्थात् यो नष्ट हुँदैन । त्यही कारण प्रयोग भइसकेको प्लाष्टिकले पर्यावरणमा प्रदूषण ल्याउँछ । हामी सबैलाई यो सामान्य चेतना छ कि, प्लाष्टिक हानिकारक नै हो । सम्भवत यही कारण ‘प्लाष्टिक निषेध’ गर्ने अभियान बेलाबखत चलाउने गरिन्छ । नेपालकै कतिपय जिल्लालाई ‘प्लाष्टिकरहित’ घोषणा गरिएको छ । त्यहाँ सामान्य किनमेलका...
ललितपुरमा महिलाजस्तै पुरुष स्वयंसेवक

ललितपुरमा महिलाजस्तै पुरुष स्वयंसेवक

ललितपुर, १३ चैत ।  राज्यले मान्यता नदिए पनि  १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताए । तीन...
डा.सुनिल शर्माको मनकारीपन: क्यान्सर पीडितलाई घरैमा पुगेर एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

डा.सुनिल शर्माको मनकारीपन: क्यान्सर पीडितलाई घरैमा पुगेर एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

विराटनगर, १२ चैत । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सञ्चालक डा.सुनिल शर्माले क्यान्सर पीडित विरामीलाई घरैमा पुगेर आर्थिक सहयोग गरेका छन् । स्तन क्यान्सरबाट पीडित मोरङको सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि डा.शर्माले एक लाख आर्थिक सहयोग गरेका हुन् । सुन्दरहरैचा–१० बरपिपल टोल स्थित मगरको घरमै पुगेर शर्माले नगद हस्तान्तरण गरी उपचारमा साथ दिएका हुन् । गत मंसिर महिना...
दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, १२ चैत । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेय...
नेपालमा अझै २८ हजार क्षयरोगी उपचार बाहिर

नेपालमा अझै २८ हजार क्षयरोगी उपचार बाहिर

भक्तपुर, ९ चैत । नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले भने, “नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन्...
मेची आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापना

मेची आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापना

सुरुङ्गा, झापा, ९ चैत । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ । दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् । बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो ...
नोबेलद्वारा बृद्धबृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

नोबेलद्वारा बृद्धबृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

लेटाङ, ६ चैत । बृद्धबृद्धालाई लक्षित गरी मोरङको लेटाङ नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा जेष्ठ नागरिक एकता समन्वय केन्द्रले शिविर आयोजना गरेको हो । स्थानीय लेटाङ माध्यमिक बिद्यालय परिषरमा भएको शिविरबाट १ हजार १ सय ५५ जना विरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ...
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

बेनी, म्याग्दी, ६ चैत । भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नैमिर्गौला समेत दिन पछि पर्दिनन् । यस्तै एउटा उदारहण बन्नुभएको छ धौलागिरि गाउँपालिका–५मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी । तीन छोरा र एक छोरीकी आमा उहाँले माइला छो...
नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली चिकित्सक

नेपालमा लुकीछिपी डाक्टरी गर्दै उत्तर कोरियाली चिकित्सक

काठमाडौं, ६ चैत । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् । बिजनेस भिसामा काम गर्नु गैरकानुनी ह...
अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा

अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा

इटहरी, ६ चैत। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पी...
निन्द्राको औषधि सेवनका यस्ता छन वेफाईदा

निन्द्राको औषधि सेवनका यस्ता छन वेफाईदा

  स्वस्थ्य जीवनका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावाको जति आवश्यक छ, उत्तिनै निन्द्राको पनि । भनिन्छ, हामीले एक रातमा ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । जब निन्द्रा पुग्छ, तब शरीर चंगा हुन्छ । मानसिक र शारीरिक विकारहरु कम हुन्छ । शरीरको थकान हट्छ । स्फूर्ति बढ्छ । ताजापन महसुष हुन्छ । तर, हामीलाई निन्द्रा पर्न छाडेको छ । वर्तमान जीवनशैलीमा अनिन्द्रा ठूलो जटिलता बन्ने गरेको छ । प्र...
नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन भोलिदेखि

नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन भोलिदेखि

काठमाडौँ, ५ चैत ।  ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई सम्मान तथा उनीहरुले भोगिरहेका समस्यालाई समाधान गर्ने ध्येयले नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन भोलिदेखि यहाँ आयोजना हुने भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्यूटद्वारा आयोजित सो तीनदिने सम्मेलनमा ५४ जिल्ला ९९ स्वास्थ्यकर्मी (चिकित्सक, प्याराकेडिक्स, नर्स तथा बिएमइटी), सातवटै प्रदेशका ...
रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

रोल्पा, ५ चैत। मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आम...
नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य

नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य

बैतडी, ५ चैत। बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।” तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या...
जेठाजुबाट बुहारीलाई मिर्गौला दान

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा, ४ चैत । झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारक...
लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङ, ४ चैत ।  लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ...
सुत्केरी र बृद्धबृद्धाले थप एक हजार भत्ता पाउने

सुत्केरी र बृद्धबृद्धाले थप एक हजार भत्ता पाउने

तेह्रथुम, २ चैत । मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथ...
गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक योजना

गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक योजना

काठमाडौँ, १ चैत । कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ । कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गाैला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन लागिएको हो । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कावा प्रमुख प्रशासक दीपक रौनियारले भन्नुभयो, “सामाजिक सुरक्षा...
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा पुरस्कृत

स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा पुरस्कृत

विराटनगर, ३० फागुन । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई बुधबार पुरस्कृत गरिएको छ । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले ७ औं बार्षिकोत्सवको अवसर पारेर डा.शर्मालाई पुरस्कृत गरेको हो । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिवंस आचार्यले डा.शर्मालाई माला र खादा ओढाएर ९ हजार ९ सय ९९ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । नोबेल अस्प...
राम्रो उपचारको खोजिमा रहेका राई भन्छन् ‘ढुंगा खोज्दा देउता मिल्यो नोबेल’ (भिडियो रिपोर्टसहित)

राम्रो उपचारको खोजिमा रहेका राई भन्छन् ‘ढुंगा खोज्दा देउता मिल्यो नोबेल’ (भिडियो रिपोर्टसहित)

विराटनगर, ३० फागुन । लेटाङ नगरपालिका–१ थामडाँडाका कोशीकुमार राई भाचिएको खुट्टाको उपचारकालागि धेरैवटा अस्पताल पुगे । उपचारका लागि १० लाख भन्दा बढी खर्चिए । तर, भाचिएको खुट्टाले टेक्न मिल्नुको सट्टा उल्टै पीडा बल्झियो । राम्रो उपचारको खोजिमा भौतारिरहेका राईकालागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल ‘ढुंगा खोज्दा देउता मिल्यो’ भन्ने उखान जस्तै बनेको छ । अरु अस्पतालमा लाखौं खर्चिएर उपचार गराउँदा पनि ...
भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

चितवन, २८ फागुन । भरतपुर अस्पतालले आफैँले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । वार्षिक अक्सिजन खरिदमा रु ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण ग...
सैनिक शिविरमा एक हजारको स्वास्थ्य परीक्षण र उपचार

सैनिक शिविरमा एक हजारको स्वास्थ्य परीक्षण र उपचार

गाईघाट, उदयपुर, २८ फागुन । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । फगुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाको क्याम्पमा २७ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा विभिन्न रोग हाडजोर्नी, आँखा, ग्यास्ट्रिक,...
पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ: मुख्यमन्त्री भट्ट

पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ: मुख्यमन्त्री भट्ट

धनगढी, २७ फागुन।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा चौधरीलाई आज भेटेर उनको स्वास्थ्य उपचारबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पीडकलाई कानूनअनुसार कारबाही गरिने बताउनुभयो । “यो विकृति हो, यस्ता घटना दोहोरिन न...
पाँचथरी रोगीलाई प्रतिव्यक्ति २५ हजार

पाँचथरी रोगीलाई प्रतिव्यक्ति २५ हजार

उर्लाबारी, मोरङ, २७ फागुन । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति  २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार त...
बलात्कृत बालिकाको स्वास्थ्यवस्थाबारे जानकारी

बलात्कृत बालिकाको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ, २५ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ । मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीले बालिकाको उपचारमा कुनै कमी नगर्न आग्रह गर्दै उनको उपचारमा सरकारबाट सहयोग ह...
एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

 काठमाडौँ, २५ फागु।  मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलन...
तपाईलाई थाहा नहुन सक्छ काँचो केरा खानुको यी फाइदाहरु

तपाईलाई थाहा नहुन सक्छ काँचो केरा खानुको यी फाइदाहरु

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन । यही कारण केरा किलोको भाउमा हैन, दर्जनको भाउमा बिक्छ । किनकी, केराका गुण पनि दर्जनौं छन् । पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । क...
नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्र्तगत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । सरकारसँगको सम्झौतापछि नोबेलले उक्त कोष मार्फत गत चैत अन्तिमबाट न्यून आर्थिक अवस्थाका विरामीलाई सहुलियतमा उप...
चिकित्सा सेवामा गम्भीर बन्नुहोस्: प्रम ओली

चिकित्सा सेवामा गम्भीर बन्नुहोस्: प्रम ओली

काठमाडौँ, २५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज यहाँ शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु...
error: Content is protected !!