कण्डम यौनजन्य रोगदेखि एचआईभी संक्रमणबाट प्रभावकारी अस्थाई साधन हो। कतिपयले कण्डम लगाउँदा यौनक्रिडामा आनन्द आउँदैन भन्ने पनि गर्दछन् तर त्यसो होइन ।

कण्डमको सही छनौट र प्रयोगले तपाईले आफ्नो यौन जीवनलाई अझै रोमान्चक बनाउन सक्नुहुन्छ । त्यसैले यसको उपयोगिता सुरक्षाका लागि मात्रै नभएर मनोरञ्जनका लागि पनि हो भन्ने गरिन्छ।

Advertisement

तर कण्डम किन्दा कुन कण्डम किन्ने त ? पसलमा गएर लाज मानेर इशारा गरेर कण्डम माग्ने या त्यसका बारेमा जानकारी लिएर मात्रै कण्डम किन्ने ? नेपालका जस्ता विकाशशिल देशमा मानिसहरु खुलेर सेक्सका बारेमा खुरा गर्ने अफ्यट्यारो मान्ने भएकाले तपाईलाई कुन चाहि कण्डम ठिक हुन्छ भन्ने थाहा नहुन् सक्छ किन भने बजारमा थरिथरिका कण्डम पाइन्छन् । कण्डम अनुसार त्यसको विशेषता समेत फरक फरक रहेका छन्।

त्यसैले कण्डम किन्नुपूर्व कण्डमका बिभिन्न विशेषताहरु बुझ्नु जरुरी रहेको छ । यहाँ बजारमा उपलब्ध हुने बिभिन्न पाँच किसिममा कण्डमका बारेमा उल्लेख गरिएको छ।

१.फ्लेबर्ड कण्डमः flavord-condom-300×300

फ्लेवर्ड कण्डमहरु चकलेट, कफि, स्ट्रवेरी, मिन्ट, भेनिला जस्ता फ्लेवरमा पाइन्छन। यी कण्डमहरु ओरल सेक्स अर्थात् मुख मैथुनका लागि लागि उपयुक्त मानिन्छन्। यदि तपाई यसलाइ भेजिनल सेक्स (योनीमा लिंग पसालेर) को लागि प्रयोग गर्न चाहनुहुन्छ भने सुगर फ्रि छ कि छैन पक्का गर्नुहोस अन्यथा यिस्ट इंन्फेक्सन हुन सक्दछ ।

२. डटेड कण्डमः
प्रायःजसोले डटेट कण्डम भन्ने गर्दछन् । अतिरिक्त मज्जाको लागि भनेर यो कण्डम प्रयोग गरिन्छ। यसको बाहिरी भागमा डट आकारको साना साना डट हुन्छन जसले सेक्सका दौरान थप घर्षण गराइलाई मज्जालाई दुइ गुना पारिनदिन् सक्दछ । तर यो कण्डम किन्दा डटेट छ या छैन यकीन गर्नुपर्दछ ।

३.सुपर थिन कण्डम
यी किसिमका कण्डमहरु अत्यन्त पातला हुन्छन् र कण्डम नलगाएको महसुस गराउँदछन्। कण्डमको प्रयोग गर्न नचाहने व्यक्तिहरुलाइ यो कण्डम उपयुक्त हुन्छ। पातला नै भएपनि यौन रोग र गभधारणका हिसावले भने पक्का हुन्छन् ।

ध्यान दिनुपर्ने कुरा के हो भने यदि कमसल गुणस्तरको या डेट एक्सपायर भएको कण्डम भयो भने यो च्यातिन या फुट्न सक्छ र यसले कण्डम जे का लागि लगाउन खोजेको हो, त्यसमा उल्टो असर पर्न सक्छ । नत्र दुईवटा कण्डम प्रयोग गर्दा पनि हुन्छ ।

प्लेजर सेप्ड (आकार) कण्डमः
यी किसिमका कण्डमहरुको टुप्पो लामो र नरम हुन्छ र सेक्सका दौरानले यसको फरक आकारले थप मज्जा दिन सक्दछ

५. ग्लो इन डार्क कण्डमः
यी कण्डम प्याकेट बाट खोलेपछि रातमा समेत चम्किन्छन , यी कण्डमहरुमा तीन तह हुन्छ र सेक्सका लागि अत्यन्ते मज्जेदार मानिन्छ ।

जुनसुकै कण्डम किनेपनि निम्न कुरामा ध्यान दिनैपर्छ:

१. कण्डम कुन कम्पनीको हो, नाम चलेको र भरपर्दो कम्पनीको होइन भने जतिसुकै राम्रो प्याकेट भएपनि नकिन्नुस्
२. कण्डमको म्याद कति छ ? कण्डमको बाहिरी खोलमा एक्सपायर हुने मिति पढ्नुस् । म्याद गुज्रेको छ भने नकिन्नुस्
३. कण्डम किन्दा पसलमा कुन कुन किसिमको कण्डम छ र त्यो कस्तो प्रकारको हो बुझ्नुस्
४. यदि पसलमा कण्डमबारे कुरा गर्न अप्ठ्यारो लाग्छ भने इन्टरनेटबाट पनि कण्डमको ब्राण्डबारे जानकारी हासिल गर्न सकिन्छ ।
५. र, महत्वपूर्ण कुरा, कण्डम किनिसकेपछि राम्रोसँग प्रयोग गर्नुहोस् ।

यो सामग्री स्वास्थ्यन्यूजबाट साभार गरिएको हो । यसमा समावेश भएका तस्वीरमा प्रतिलिपि अधिकारको दावी आएकाले ती तस्वीरहरू हटाइएको छ । – सम्पादक 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!