प्युठान, १९ वैशाख । उपचारको क्रममा मंगलबार सुत्केरीको मृत्यु भएपछि जिल्ला अस्पताल प्युठान बुधबार विहानैदेखि तनवग्रस्त बनेको छ ।

Advertisement

सुत्केरीको मृत्यु डाक्टरको लापर्बाहीले भएको भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेपछि अस्पतालको सेवा ठप्प छ ।  दाखाक्वाडीकी राधा धामी अप्रेसन गरेको ६ घण्टापछि वेहोस भएको र मंगलबार राती ११ बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

तर, मृतकका आफन्तले अप्रेसनमा खटिएका डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन तथा नाराबाजीमा उत्रिएका छन् । मृतकका आफन्तले डाक्टरलाई कारबाही हुनुपर्ने माग गर्दै  प्यूठान भालुवाङ सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरूले मृतकको शव समेत बुझेका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!