काठमाडौँ, २० वैशाख । नेपालमा प्रत्येक वर्ष रेबिजबाट सय जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहिवार आयोजना गरेको पत्रकार सम्मलेनमा विश्वमा प्रत्येक वर्ष रेबिजबाट ५९ हजार मानिसको मृत्यु हुने गरेकाले त्यसलाई निर्मूल पार्न दु्रतगतिमा प्रयास थालिनुपर्नेमा जोड दिइएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीका प्राविधिक अधिकृत डा ज्ञानेन्द्र गंगलले प्रत्येक नौ मिनेटमा एक जनाको रेबिजबाट मृत्यु हुने गरेको बताउँदै मृत्यु हुनेमा बालबालिका र गरिबको संख्या उच्च रहेको जानकारी दिए ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन र अन्य उपचार गर्न नसकेका कारण गरिबले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले शंकास्पद जनावरको टोकाइबाट १५ वर्षमुनिका ४० प्रतिशत बालबालिका प्रभावित हुने गरेको बताए ।

संयुक्त राष्ट्रसंघका वरिष्ठ पशु स्वास्थ्य तथा उत्पादन अधिकृत डा. काटिन्का डे बालोगले रेबिजविरुद्धका भ्याक्सिनको माध्यमबाट यसलाई शतप्रतिशत रोक्न सकिने बताए । कुकुरको टोकाइपछि प्रभावकारी उपचार गर्न सके रेबिज निर्मुल हुने उनको धारणा थियो ।
हरेक घरपालुवा वा अन्य कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन (खोप) लगाउन अत्यावश्यक भएको चर्चा गर्दै उनले रेबिजबाट बचाउन विद्यालयस्तरबाटै बालबालिकालाई प्रभावकारी शिक्षा दिनुपर्नेमा जोड दिए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा रेबिज उन्मूलनका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ ।

पशु स्वास्थ्यका लागि विश्व संगठनका प्रतिनिधि पासागं सेरिगंले रेबिज उन्मूलनका लागि यसबारे सर्वसाधारणमा व्यापक जनचेतना जगाउनुपर्ने बताए ।

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा केदार सेन्चुरीले हरेक वर्ष नेपालमा करीब तीन लाख रेबिजविरुद्धको भ्याक्सिन खरीद गरेर उपलब्ध गराउँदै आए पनि कुकुरको संख्या बढिरहेकाले अपुग भएको बताए।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको भ्यासिक्न कमी भएकाले यसमा विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्न निर्देशक डा सेन्चुरीले आग्रह गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!