संगालोखबर सम्वाददाता

बिराटनगर, २७ बैशाख । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार गर्दै आएको नोबेलमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको हो ।

जर्मन, अमेरिकालगायत देशबाट नोबेलले अत्याधुनिक उपकरणसँगै बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गरी गुणस्तरीय उपचार प्रदान गर्दै आएको छ । न्यूरोका लागि मात्रै करिव दुई अर्व २० करोड लगानी गरेर स्तरीय उपचार प्रदान गरिएकाले बिरामीको आकर्षण बढेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘विदेशबाट पनि बिरामी आउँने क्रम बढ्दै गएको छ ।’ डा.शर्माले भने ‘गुणस्तरीय उपचार पाएपछि बिरामीको आकर्षण बढ्नु स्वभाविक पनि हो ।’

Advertisement

नोबेल अस्पतालमा अहिले दैनिक करिव दुई सय न्यूरोका बिरामी उपचारका लागि आउँने गरेका छन् । न्यूरोलोजी (न्यूरो फिजिसियन) मा दैनिक करिव १ सय २५ र न्यूरो सर्जरीमा करिव ७५ जना बिरामी आउँने गरेको नोबेल अस्पतालका न्यूरोसर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए ।

नोबेल अस्पतालमा उपचाररत बिरामीहरु ।

अत्याधुनिक उपकरणको सहायतामा दक्ष चिकित्सकहरुले विश्वकै दुर्लभ र जटिल रोगको पनि सफल शल्यक्रिया गर्न थालेपछि नोबेलको चर्चा बढ्दै गएको छ । सुनसरीका हिरा आचार्यको विश्वकै दुर्लभ मानिने एन्यूरिजम र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरेपछि नोबेलको चर्चा थप बढेको हो ।

सुरुमा बिराटनगर आसपास क्षेत्रबाट मात्र बिरामी आउँने गरेको भएपनि अहिले नेपालका बिभिन्न जिल्लाहरुसहित भारत, मान्दिभ्स, बर्मा लगायत देश र यूरोपबाट पनि विरामी आउँन थालेका छन् । केहि साता अघि मात्रै फिनल्याण्डका एक प्रतिष्ठित ब्यक्ति पनि नोबेल अस्पताल आएर ब्रेन ट्यूमरको सफल शल्यक्रिया गराएर फर्किएका छन् ।

शुलभ मुल्यमै स्तरीय उपचार पाउँने भएकाले नोबेलमा उपचारका लागि आउँने गरेको अधिकांस बिरामीहरु बताउँछन् । दाजुको उपचारका लागि आएका धनकुटा बेलहाराका दुर्गा बास्तोलाले नोबेलबाट सस्तो मुल्यमै राम्रो उपचार पाएको प्रतिक्रिया दिएका छन् । ‘हाम्रै ठाउँमा यस्तो स्तरीय सेवा पाउँदा धेरै सहज भयो ।’ बास्तोलाले भने । नोबेलमा आएका अधिकांसको प्रतिक्रिया यस्तै छ ।

गत पुस अन्तिमबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले न्यूरोका लागि एक सयवटा बेड छुट्याएको छ । नोबेलले जस्तोसुकै रोगको पनि उपचार गर्ने भएकाले अव जटिल प्रकारका बिरामीहरू उपचारका लागि विदेश जानुपर्ने बाध्यता नरहेको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताएका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!