सिराहा, १ जेठ। बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ।

Advertisement

सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो ।
ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्रो विवाह हो । जेठी श्रीमतीतर्फ दुई छोराछोरी छन् । छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले वैशाख तेस्रो हप्ता घरनिकाला गरेपछि ममता माइतीको शरणमा पुगेकी हुन् ।

ममता र नवजात शिशु दुवैलाई कुपोषण भएपछि एक साताअघि सुनसरी जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको छ । किशोरी ममतालाई मातृत्वबारे केही थाहा छैन । छोरीलाई स्तनपान गराउन पनि जान्दिनन् ।

बच्चा कसरी समात्ने र स्याहारसुसार गर्ने भन्ने पनि उनलाई ज्ञान छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको उपचारमा संलग्न डा. तुषार झाले बताए ।

माइतीको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर भएकाले माइती पक्षबाट पनि किशोरी र शिशुको उचित हेरचाह हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले आमा र शिशु दुवैको अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!