अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु
तेह्रथुम, २५ वैशाख । तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ ।
तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो ।
अस्पतालको सामान्य डेलीभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापर्बाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्...































