विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन

काठमाडौँ, २५ फागुन । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् । बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकार...
विश्व कीर्तिमान कायम गर्न रक्तदान

विश्व कीर्तिमान कायम गर्न रक्तदान

काठमाडौँ, २४ फागुन । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित ...
आठसय महिलालाई मनोविमर्श सेवा

आठसय महिलालाई मनोविमर्श सेवा

कञ्चनपुर, २४ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमअन्तर्गत मनोविमर्श सेवा प्रदान गरिएको हो । एकल महिला, घरेलु हिंसामा परेका, जातीय विभेद, यौनजन्य हिंसामा परेका महिलालाई विशेषज्ञता हासिल गरेका मनोविमर्शकर्ताको सहयोगमा मनोविमर्श...
पराजुली सामुदायिक अस्पतालको सेवा बन्द

पराजुली सामुदायिक अस्पतालको सेवा बन्द

इलाम, २४ फागुन । इलामको सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल बन्द भएको छ । अर्थ अभाव, दक्ष चिकित्सकको अभावमा अस्पतालका सम्पूर्ण सेवा बन्द भएका हुन् । स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ एक दशकअघिदेखि सञ्चालनमा रहेको सो अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल विगत चार/पाँच वर्ष अघिदेखि नै सुनसान बन्दै गएको थियो । २०६१ सालमा डाक्टर मेघबहादुर पराजु...
एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

भीमदत्तनगर, २३ फागुन । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने...
तपाईलाइ थाहा छ ? यस्ता छन भुटेको मकैका आश्चर्यजनक फाईदाहरु

तपाईलाइ थाहा छ ? यस्ता छन भुटेको मकैका आश्चर्यजनक फाईदाहरु

भुटेको मकैले तपाईलाई खाँदा स्वाद मात्रै दिने छैन्, स्वास्थ्यलाई फाईदा समेत पुर्याउने छ ।  मकै भुटेर खाँदा हुने केही फाईदाहरु यहाँ उल्लेख गरीएको छ । १। भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् । २। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई म...
बिरामी भारत लैजाने पक्राउ

बिरामी भारत लैजाने पक्राउ

सुरुङ्गा, झापा, २२ फागुन।  उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउदैँ ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ । पछिल्लो समय बाह्रदशी गाउँपालि...
शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित

शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित

लिबाङ, रोल्पा २२ फागुन।  पश्चिम रोल्पाको माडी गाउँपालिकाको एक सिंगो परिवार नै एचआइभी एड्सबाट संक्रमित भएको प्रमाणित भएपछि उक्त परिवारमा निराशा छाएको छ । विसं २०७४ माघ १ गते जन्मिएका नवजात शिशु पनि हिजो सोमबार एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन आएपछि सिंगो बुढामगर परिवार नै एचआइभी एड्स संक्रमित भएको पत्तालागेको हो । गत माघ महिनामा सुत्केरी हुन जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्र्षीया महिलालाई ...
पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

काठमाडौँ, २२ फागुन।  राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्...
भरतपुर क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

भरतपुर क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

चितवन, २२ फागुन ।  भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणम...
उपचाररत बालिकालाई सहयोग

उपचाररत बालिकालाई सहयोग

मंगलबारे, इलाम, २२ फागुन । शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा उपचाररत सन्दकपुर गाउँपालिका इलामकी एक बालिकालाई कोरिया पुगेका स्थानीय युवाले सहयोग गरेका छन् । मुटुका अंग नछुटिृएको, भल्ब साँगुरिएको समस्या भई विगत छ महिनादेखि उपचाररत सन्दकपुर गाउँपालिका–३ की निसानी साउदेनलाई सहयोग गरिएको दक्षिण कोरियाबाट विनोद पौडेलले जानकारी दिनुभयो । आर्थिक अभाव भई परिवारले सहयोगको अपिल गरेपछि सहयोग गरेको...
बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड

बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड

काठमाडौँ, २१ फागुन । जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ । सोवारिक्पा एसोसिएसन नेपालले आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अरु चिकित्सा पद्धति जस्तै यसलाई पनि स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने बताउनुभयो । “ने...
प्रम ओलीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास

प्रम ओलीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास

काठमाडौँ, १८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनु...
डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ ...
मिनाले भक्कानिदै भनिन् ‘नोबेलले पतिको ज्यान बचायो, डा.सुनिल शर्मा भगवान हुन’ (भिडियोसहित)

मिनाले भक्कानिदै भनिन् ‘नोबेलले पतिको ज्यान बचायो, डा.सुनिल शर्मा भगवान हुन’ (भिडियोसहित)

बिराटनगर, १६ फागुन । मोरङको पथरीशनिश्चरे–३ मा मंगलवार आयोजित कार्यक्रममा कांग्रेस नव प्रवेशी मिना सेन्चुरीको मन्तब्य सुरु भएपछि कार्यक्रममा एकाएक माहोल फरक भयो । मन्तब्यको सुरुवात देखिनै कार्यक्रमका प्रमुख अतिथि एवं नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको खुलेर प्रशंसा गरेकी मिनाले शर्माको गुन सम्झदै भक्कानिन थालिन् । ‘सुनिल शर्मा सर भगवान हो ।’ भक्कानिदै मिनाले भनिन् ‘उहाँकै कारण मेरो श्रीमानले...
धनकुटा नगरवासीले आगामी साउनदेखि निःशुल्क उपचार पाउँने

धनकुटा नगरवासीले आगामी साउनदेखि निःशुल्क उपचार पाउँने

धनकुटा, १६ फागुन । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी आर्थिक बर्षदेखि धनकुटा नगरवासीले जिल्ला अस्पतालबाट निःशुल्क उपचार पाउँने घोषणा गरेका छन् । जिल्ला अस्पतालको १०४ औं वार्षिकोत्सव एवं स्वास्थ्य सेवा दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले यस्तो घोषणा गरेका हुन् । धनकुटा जिल्ला अस्पतालबाट पाईने सम्पूर्ण उपचार आगामी आर्थिक बर्ष ०७५/०७६ देखि निःशुल्क गरिने नगर प्रमु...
स्वास्थ्यकर्मीको लापरबाहीः गर्भवतीलाई जुकाको औषधि

स्वास्थ्यकर्मीको लापरबाहीः गर्भवतीलाई जुकाको औषधि

काठमाडौं, १५ फागुन । स्वास्थ्य संस्थाहरुको लापरबाहीको एकपछि अर्को घटना बाहिरिरहेका बेला गर्भवतीलाई जुकाको औषधि दिइएको अर्को घटना बाहिरिएको छ । कान्तिपुर दैनिकका अनुसार म्याग्दी जिल्ला अस्पतालले बेनी ५ फर्कुे सल्लाकी २० वर्षीया समीक्षा कुँबरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार...
हाेलीमा छाला र कपालको स्याहार कसरी गर्ने ?

हाेलीमा छाला र कपालको स्याहार कसरी गर्ने ?

काठमाडाैँ, १४ फागुन । रङमा विभिन्न किसिमका केमिकल प्रयोग गरिने भएकाले यसले छालामा विभिन्न प्रकारका समस्या उत्पन्न गराउन सक्छ । त्यसकारण होली खेल्नुअगाडि यसबारे ध्यान दिन ब्युटिसियन सुझाउँछन् । रङले छालालाई गर्ने असरबाट बचाउन केही सरल उपाय अपनाउन सकिने ब्युटिसियन वन्दना राईको भनाइ छ। उनका अनुसार नरिवलको तेल, चिउरीको घिउ, जैतुनको तेल एकै ठाउँमा मिसाएर पेस्ट बनाई शरीरमा लगाई तीन मिनेट मसाज गर्नुपर्छ...
धनकुटासहित ३० जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउँन सुरु

धनकुटासहित ३० जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउँन सुरु

धनकुटा, १२ फागुन । धनकुटासहित ३० जिल्लामा आजदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । तीन दिनसम्म चल्ने औषधि खुवाउँने अभियानका लागि धनकुटामा दुई सय जना तालिमप्राप्त स्वास्थ्यकर्मीसहित ९ सय ३० जना स्वयंसेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तर ६ चरणसम्म हात्तिपाईले रोग विरुद्ध औषधि सेवन गरेका ब्यक्तिले थप औषधि खानु नपर्ने भए पनि धनकुटामा गरिएको नमुना रग...
गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण

काठमाडौँ, १० फागुन । मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ । कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको बैठकले सरकारले तोकेको मात्राभन्दा बढी विषादीयुक्त तरकारी एवं फलफूलको उपभोग र आयातलाई निरुत्साहन गर्न त्यस्ता वस्तुलाई जफत तथा नियन्त्रण गर्ने नि...
अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन् । त्यसो त रोटी पकाउन गहुँकै आँटा चाहिन्छ भन्ने छैन । विगतमा गहुँका अलावा अरु अन्नहरु पनि प्रयोग हुन्थे । यस्तै वैकल्पिक अन्न हो जौ । रोटीका लागि जौको आँटा प्रयोग गर्नु सुरक्षित र स्वास्थ्यवर्द्धक हुन्छ । के कस्ता फाइदा...
शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

दाङ, १० फागुन । बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया ) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुभ्mने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस...
नोबेलमा सफल भयो विश्वकै दुर्लभ र जटिल शल्यक्रिया (भिडियो रिपोर्टसहित)

नोबेलमा सफल भयो विश्वकै दुर्लभ र जटिल शल्यक्रिया (भिडियो रिपोर्टसहित)

बिराटनगर, ९ फागुन । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चौकका ४२ बर्षीय हिरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो । आचार्यको एन्यूरिजम (मस्तिस्क भित्रको नसामा बनेको रगतको पोका फुटेको) र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालले जनाएको छ । यस्तो शल्यक्रिया वि...
हाम्रो केही बिगार्दैन मधुमेहले, केवल यी कुरामा ख्याल राखौं

हाम्रो केही बिगार्दैन मधुमेहले, केवल यी कुरामा ख्याल राखौं

मधुमेह यस्तो रोग हो, जसलाई नियन्त्रण गरिएन भने, त्यसले अरु रोग पैदा गर्छ । जस्तो कि, उच्च रक्तचाप, मुटु रोग, मृगौला रोग आदि । तर, डराइहाल्नुपर्ने केहि छैन । किनभने केहि सावधानी अपनाउने हो भने यी सबै खतराबाट बच्न सकिन्छ । जब कसैलाई पहिलो पटक मधुमेह भएको थाहा हुन्छ, उनीहरु एकदम चिन्तित हुने गर्छन् । उनीहरुको मन एउटै प्रश्नले रिंगाइरहन्छ, ‘के जरैदेखि मधुमेह हटाउन सकिन्छ ?’ यस प्रश्नको उत्तर जान्न...
प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

जाजरकोट, ७ फागुन । विद्यालयमा हुने विभिन्न खालका स्वास्थ्य समस्यालाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकसको स्थापना गरिने भएको छ । जिल्लाको नलगाड नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तालीम प्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । एक महिनाभित्र प्राथमिक उपचार बाकसका लागि शिक्षकलाई स्वास्थ्यसम्बन्धी त...
जिउ भन्दा टाउको ठुलो: नोबेलले निःशुल्क अप्रेशन गरी बचाईदियो ज्यान (भिडियाे रिपाेर्ट)

जिउ भन्दा टाउको ठुलो: नोबेलले निःशुल्क अप्रेशन गरी बचाईदियो ज्यान (भिडियाे रिपाेर्ट)

विराटनगर, ६ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो । दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने ...
इलाममा अढाई लाख मानिसलाइ हात्तीपाइलेको औषधि खुवाइने

इलाममा अढाई लाख मानिसलाइ हात्तीपाइलेको औषधि खुवाइने

इलाम, ६ फागुन । इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराउनुभयो । हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद...
धनकुटामा प्राथमिक उपचार तालिम सुरु

धनकुटामा प्राथमिक उपचार तालिम सुरु

धनकुटा, ५ फागुन । धनकुटामा शनिबारदेखि प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम सुरु भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा आदिबासी जनजाति अनुसन्धान केन्द्रले तालिम आयोजना गरेको हो । ‘प्राथमिक उपचार पद्दति सिक्न सबै जुटौं, कोही नछुटौं’ भन्ने नाराका साथ तालिम सुरु गरिएको आयोजकले जनाएको छ । तालिममा धनकुटा नगरपालिकाका १० वटै वडाका २४ जनाको सहभागिता छ । तालिमको संयोजन जिल्ला युवा समितिले गरेको छ भने न...
नोबेलले निःशुल्क शल्यक्रिया गरेपछि चौधरी परिवारमा दुई बर्षपछि फर्कियो खुशी

नोबेलले निःशुल्क शल्यक्रिया गरेपछि चौधरी परिवारमा दुई बर्षपछि फर्कियो खुशी

बिराटनगर, ५ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो । दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन...
नेपालमा हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

नेपालमा हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

काठमाडौँ, ४ फागुन ।  नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजि...
नोबेलको निःशुल्क शिविरबाट १५ सय बिरामी लाभान्वित (भिडियो रिपोर्टसहित)

नोबेलको निःशुल्क शिविरबाट १५ सय बिरामी लाभान्वित (भिडियो रिपोर्टसहित)

झापा, ४ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी ब्यापारी समुहसँग सहकार्य गरी लायन्स क्लव अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो । बिस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस् ... यो पनि हेर्नुहोस् ... निःशुल्क उपचार प...
error: Content is protected !!