जव औषधि बोकेर उड्यो ड्रोन…
काठमाडौँ, २७ चैत। अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन ।
यसको पिठ्युँमा थियो– एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन पुन: नागी फर्कियो ।
आठवटा पंखा जोडिएको यो अप्टोकप्टरको समुद्री सतहबाट २ हजार ५ सय मिटरदेखि ३ हजार म...































