गर्मीयाममा अन्य मौसममा भन्दा स्वास्थ्य सम्बन्धी समस्याले बढी सताउँछ । विशेषगरी टाउको दुखाईको समस्या यो मौसममा अझै धेरै हुने गर्छ । तर, गर्मीका कारण टाउको दुख्यो भनेर चुप लागेर बस्नु हुँदैन । टाउकोको दुखाई सामान्य अवस्थादेखि गम्भीर प्रकृतिको हुन्छ ।
टाउकोदुख्नुकोमुख्यकारण

Advertisement

• चर्को घाममा हिड्नाले ।

• लामो समयसम्म मोबाईल, कम्प्युटर चलाउदा, टिभी हेर्दा ।

• चिया, कफी, धुम्रपान, मद्यपान ।

• अनावश्यक तनाव । पिनास । शारीरिक मानसिक थकान ।

• माइग्रेन ।

• धेरै समयसम्म भोको बस्नु ।

उपचार

• कागती र अदुवाको रस समान मात्रामा मिसाएर तबसम्म पिउने जबसम्म निको हुँदैन ।

• मोबाईल, कम्प्युटर जस्ता इलेक्ट्रोनिक सामान लामो समयसम्म प्रयोग गरेर टाउको दुुुखेको बेला कन्चट, घाँटी र निधारमा औंलाले हलुका         मसाज गर्नु पर्छ ।

• साथै केहीबेर आँखा चिम्लेर आराम गर्ने ।

• धनिया र पुदिनाको पातको पेस्ट बनाएर निधारमा लगाउने ।

• पिनास, रुघा र माइग्रेनले हुने टाउको दुखाईमा सुठो वा अदुवाको पेस्ट बनाएर निधारमा लेप लगाउने ।

• पानी प्रशस्त र नियमित सेवन गर्ने ।

• भोक लागेको बेला जथाभावी खाना खानु भन्दा पनि स्वस्थकर खाना खाने ।

• घाममा हिँड्दा छाताको प्रयोग गर्ने । सकेसम्म घाममा बाहिर ननिस्कने ।

यति उपाय अपनाएर पनि टाउको दुखाई निको भएन भने वा टाउको निरन्तर दुखिरहेको छ भने सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!