संगालोखबर सम्वाददाता

काठमाडौं, १४ चैत । पटक–पटक अनशन बसेर चर्चा कमाउँदै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेका कारण तलब रोक्का गरिएको अस्पतालले जनाएको छ ।

Advertisement

यहि बिषयमा अस्पतालले डा.केसीलाई स्पष्टीकरणसमेत सोधेको छ । तर, जवाफ चित्त बुझ्दो नआएको स्रोतको भनाई छ । डा.केसीले पछिल्लो पटक अनशन बस्दा अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए । बिदा बस्दा लिखित रुपमा बिदा स्वीकृत गराउँनुपर्ने प्रावधान छ । तर, लिखित बिदा स्वीकृत नभएका कारण डा.केसी फन्दामा परेका हुन् ।

डा.केसीको उद्देश्य राजनीतिक रहेपनि विदा स्वीकृत नै नगराई अनशन बसेका कारण हाजिर नभएर गयल भएपछि तलब रोकिएको हो । डा.केसीले हाजिर नगरेको दिनको पनि तलव, भत्ता दाबी गर्दै आएका छन् । उनले हाजिर नगरेको दिनको तलब भत्ता नलिने घोषणा गरेका छैनन् । उनले तलव भत्ता नलिने घोषणा गर्ने वित्तिकै कानूनत उनी बर्खास्तीमा पर्न सक्छन ।

यहि बिषयले डा.केसीलाई कारबाही गरेर हटाउनेसम्मको निर्णय हुनसक्ने हुनाले उनी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा रहेको शिक्षण अस्पतालका एक उच्च अधिकारीले बताए । ‘उहाँले हाजिरी मिलाएर तलब लिने प्रयास गरिरहनुभएको छ’, उनले भने–‘बिना हाजिरी सरकारी कर्मचारीलाई कसरी तलब खुवाउँनु ?’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!