छ स्थानीय तह दमकल विहीन
पर्वत, २७ माघ । गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ ।
जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् ।
आगामी वर्ष बजेट विनियोजन ...































