नयाँ दिल्ली, २९ माघ । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् ।

Advertisement

करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि उनीहरूलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताउनुभयो ।

विभागका प्रमुख अतुल गर्गले भन्नुभयो, “उद्धार टोलीलाई विहान ४ः३५ मा सूचना प्राप्त भए लगत्तै उद्धारका लागि पठाइएको र उक्त टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गर्न सकिएको थियो भने १७ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो ।”

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको मृत शरीर राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको मृत शरिर लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर अस्पताल भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको अस्पतालको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।

आगोमा जलेर घाइते बनेका ११ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी उप–आयुक्त एमएस रान्धावाले भन्नुभयो, “आगलागी घाइते केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्नसक्ने देखिएको छ ।”

चारतले होटेलमा ३५ कोठा रहेका थिए भने सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!