कावासोती, २९ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

Advertisement

कावासोती–१६, डण्डामा दूध बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

बा३ख ९१५८ नंको ट्याङ्करले लु२८प २०३१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपुरको मध्यबिन्दु नगरपालिका–२ बस्ने मोटरसाइकल चालक ४२ वर्षीय युवराज घिमिरे र सोही ठाउँ बस्ने ३६ वर्षीय पीताम्बर पाठकको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!