अमेरिकाको चिसोले रेकर्ड तोड्यो

अमेरिकाको चिसोले रेकर्ड तोड्यो

अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन अस्तव्यस्त बनेको छ । यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ । युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी कलेज भवन बाहिर मृत भेटिएका छन् । १८ वर्षे गेराल्ड ब्लेजलाई बुधबार अचेत अवस्थामा भेटिएको थियो । उनलाई अस्पतालले पछि मृत घोषित गर्यो । अधिकारीका अनुसार उनको अत्यधिक चिसोका कारण मृत्यु भएको...
म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

गलेश्वर, १८ माघ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो । वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीख...
शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब

शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब

काठमाडौँ, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला ...
रोजगार संयोजक पदपूर्ति : अनलाइनबाटै आवेदन र परीक्षा

रोजगार संयोजक पदपूर्ति : अनलाइनबाटै आवेदन र परीक्षा

काठमाडौँ, १७ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक ठानिएको रोजगार संयोजकको अनलाइनबाटै परीक्षा लिने तयारी गरेको छ । रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाटै परीक्षा लिने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको प्रारम्भिक छनोटमा परेका उम्मेदवारसँग सातै प्रदेशमा तोकिएको स्थानमा ...
नयाँ फिल्म गर्न डराए साहरुख

नयाँ फिल्म गर्न डराए साहरुख

बलिउडका नायक साहरुख खान चलचित्रमा आफूले गरिरहेको प्रयोगबाट डराएका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘जिरो’ले बक्स अफिसमा सफलता पाउन नसकेपछि अहिले उनी कस्तो चलचित्रमा काम गर्ने भन्ने बिषयमा डराएका छन् । यहीकारणले गर्दा पनि उनले, ‘सारे जहाँ से अच्छे’ नामक चलचित्र छाडेका छन् । साहरुख खान आफूले काम गर्ने नयाँ चलचित्रको घोषणा गर्न डराएका छन् । भारतीय मिडियासँग कुराकानी गर्दै साहरुखले आफ्नो डरको...
डुङ्गा दुर्घटना : मृतक सङ्ख्या ५२ पुग्यो

डुङ्गा दुर्घटना : मृतक सङ्ख्या ५२ पुग्यो

ओबोक, जिबुटी, १७ माघ । आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ । यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय निकायहरुले क्षेत्रीय नेताहरुलाई आग...
विभिन्न घटनामा संलग्न पाँच पक्राउ

विभिन्न घटनामा संलग्न पाँच पक्राउ

दाङ, १७ माघ । दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् । उनीहरुलाई गढवा गाउँपालिका–६ मानपुर भन्ने स्थानबाट पक्र...
‘किसान कल सेन्टरमा २५३ फोन’

‘किसान कल सेन्टरमा २५३ फोन’

ललितपुर, १७ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पुर्याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि सञ्चालनमा ल्याएको हो । गत वर्षको चैतदेखि असार मसान्तसम्म ५७ कल आए, त्यसमा २२ वटा सम्बोधन भएँ, बाँकी ३५ वटा कल सम्बोधन हुन नसकेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा ...
दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

खस्यौली, १७ माघ । आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५/०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको बताउनुभयो । “पशु आहाराको व्यवस्थापन, नश्ल सुधा...
सुन्तला उत्पादनबाट पर्वतमा रु छ करोड भित्रियो

सुन्तला उत्पादनबाट पर्वतमा रु छ करोड भित्रियो

पर्वत, १७ माघ ।  यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । बाँसखर्कबाट रु साढे दुई करोड, देउपुरबाट रु एक करोड, फलेवासबाट रु एक करोड र महाशीला गाउँपालिकाबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञ...
राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पारित

राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ, १७ माघ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गर्नुभएको थियो । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सा...
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ, १७ माघ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो । सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा ...
संसद् अवरोध कायमै राख्ने काङ्ग्रेसको निर्णय

संसद् अवरोध कायमै राख्ने काङ्ग्रेसको निर्णय

काठमाडौँ, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ । काङ्ग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै विरोध कायमै राख्ने...
अस्पतालमा चिकित्सक अभाव

अस्पतालमा चिकित्सक अभाव

अमरगढी, १७ माघ । डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदा तथा काज सरुवामा जाने भएकाले उपचारमा झनै समस्या हुने गरको सेवाग्राहीको गुनासो छ । ...
यस्तो मन्दिर, जहाँ रातो खुर्सानीले अभिषेक गरिन्छ

यस्तो मन्दिर, जहाँ रातो खुर्सानीले अभिषेक गरिन्छ

एजेन्सी । दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दू परम्पराका लागि चर्चित छ । त्यहाँ एउटा यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बँच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ । तमिलनाडुस्थित वेलुप्पुरम जिल्लामा पर्ने इधांचवाडी गाउँमा रहेको वर्ना मुथु मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म यस्तो उत्सव मनाइन्छ । जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्या भक्तजनहरु उपस्थित हुन्छन् । मानिसहरुको स्वस्थ रहने ...
दर्ताबिनै सञ्चालन हुन्छन् औषधि पसल

दर्ताबिनै सञ्चालन हुन्छन् औषधि पसल

बाजुरा, १७ माघ । बाजुराका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालन भएको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुशी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो । औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार हाल बाजुरामा २० औषधि पसल मात्रै दर्ता गरिएका छन् । औषधि पसल तथा मेडिकलको नामले अधिकांश अवैध र अनुमतिबिनै सञ्चालनमा रहेका नेपाल फार्मेसी सङ्घ बाजुराका सचिव भरत बुढाले बताउनुभयो । बुढाका अनुसार जिल्लाम...
जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फुल्यो

जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फुल्यो

अमरगढी, १७ माघ । सधैँजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ । लालीगुराँस माघ महीनामै फुल्न ...
मिर्गाैला उपचारमा गाउँपालिकाको सहयोग

मिर्गाैला उपचारमा गाउँपालिकाको सहयोग

गलेश्वर, १७ माघ । म्याग्दीको मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले रु २० हजार सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिनुभयो । पुनका अनुसार गाउँपालिकाभित्र रहेका मिर्गौला रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले र...
सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

एजेन्सी ।  दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् । उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको ...
मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गर...
गाँजासहित एक पक्राउ

गाँजासहित एक पक्राउ

वीरगञ्ज, १७ माघ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले राससलाई बताउनुभयो । गाँजासहित पक्राउ परेका हजामला...
कारवाहीका लागि ७९३ कर्मचारीको सिफारिस

कारवाहीका लागि ७९३ कर्मचारीको सिफारिस

काठमाडौँ, १६ माघ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लाग...
क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज यहाँ आयोजित कार्यक्रममा प्रधान...
कारागार चलान भएकै दिन आत्महत्या

कारागार चलान भएकै दिन आत्महत्या

चरिकोट, १६ माघ ।  श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प...
नेपाल–युएई पहिलो टि–२० बिहीबार : इतिहास रच्ने अर्को अवसर

नेपाल–युएई पहिलो टि–२० बिहीबार : इतिहास रच्ने अर्को अवसर

काठमाडौँ, १६ माघ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको ...
व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

दमौली, १६ माघ । व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जित्नुभएको छ । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जित्नुभएको हो । डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय र ३ घण्ट...
छोरीको हत्या आशङ्कामा पक्राउ

छोरीको हत्या आशङ्कामा पक्राउ

सप्तरी, १६ माघ । यहाँ एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुवालाई आज पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ । मृतककी आमा समेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतलाश भइरहेको इला...
फेरि कहिल्यै उठेनन् उमेशचन्द्र

फेरि कहिल्यै उठेनन् उमेशचन्द्र

नारायणपुर, १६ माघ ।  विसं २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो । ती दलसँग आन्दोलनको विकल्प थिएन । आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो । माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो । खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ल...
वास्तविक शहीदलाई राज्यले उचित सम्मान गर्न सकेन

वास्तविक शहीदलाई राज्यले उचित सम्मान गर्न सकेन

काठमाडौँ, १६ माघ । हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए ओँठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको शहीदहरुको सम्झनामा भूपि शेरचनले लेख्नुभएको यस कविताले शहीदको गरिमालाई झनै बढाएको छ । तर अहिले शहीदको नाममा भएको विकृतिले शहीदको महत्वलाई झनै घटाएको छ । विसं २०६२/०६३ को जनआन्दोलनका क्रममा धेरैजना व्यक्तिले देशका निम्ति बलि...
रमितले १८ लाखमा साइन गरे फिल्म

रमितले १८ लाखमा साइन गरे फिल्म

दशक अगाडि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका अभिनेता रमित ढुंगाना केही वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । पछिल्लो रिलिज फिल्म 'बुद्ध वर्न इन नेपाल' पछि उनी अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् र कुनै फिल्ममा काम पनि गरेका छैनन् । 'बुद्ध वर्न इन नेपाल' को च्यारिटीमा पनि उनी लामो समय व्यस्त थिए । यसबीच रमितले करीब २ वर्षपछि एक फिल्म साइन गरेका छन् । यही माघ १४ गते निर्मात्री र अभिनेत्रीबीच...
अमेरिका, चीन व्यापार वार्ता वासिङ्टनमा शुरु

अमेरिका, चीन व्यापार वार्ता वासिङ्टनमा शुरु

वासिङ्टन, १६ माघ । संयुक्तराज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनीया विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर सङ्घर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताउनुभ...
error: Content is protected !!