दमासकस, २९ माघ । सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् ।

Advertisement

अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ ।

पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ । घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ ।

अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) ले गत शनिबारदेखि आइएस लडाकू विरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो ।
घटना भएको क्षेत्रमा झण्डै २० हजार जना विस्थापितहरु आएर बसेका बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!