वीरगञ्ज, २८ माघ । भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो ।

Advertisement

प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘भित्र पस्नासाथ देखिने गरी सुसाइड नोट राखिएको थियो ।’

पर्साको कालिमाई गाउँपालिका –२ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका –३ हरिहरपुरकी किरण चौरासियाको शव आइतबार बिहान सीमावर्ती रक्सौल–सुगौली खण्डको कनमा ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो । एक जनाको घाँटी र अर्कोको दुवै घुँडा माथिको भाग छिनेको थियो ।

रातो मसीले लेखिएको सुसाइड नोटमाथि रातो गुलाब र घडी राखिएको थियो । सुसाइड नोटमा कसैलाई आरोप लगाइएको छैन ।

यो समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!