कञ्चनपुर, २९ माघ ।  नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा सीमा क्षेत्रमा गस्ती गरेको छ ।

Advertisement

महाकाली नगरपालिका नजिक रहेको सीमास्तम्भ नम्बर २१ देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सीमास्तम्भ नम्बर २७ सम्म सशस्त्र प्रहरी बल आउट पोष्ट दोधारा चाँदनी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले गस्ती गरेको हो ।

सीमा क्षेत्रमा हुने अवैध चोरी सिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि गस्तीको कार्य गरिएको सशस्त्र प्रहरी बल आउटपोष्टका निरीक्षक रामचन्द्र सिंहले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!