- संगालोखबर सम्वाददाता

काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाले अनुमोदन गरेको छ । एमसीसीसँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’ सहित अनुमोदन गरेको हो ।

आइतवार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले विरोध जारी राखेकै बेला सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले एमसीसी पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । त्यसलाई प्रतिनिधि सभाले एमसीसीसँगै अनुमोदन गरेको हो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय समेटिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!