स्थानीय तह निर्वाचन: ३४ जिल्लामा मतदान जारी (फोटो फिचरसहित)

स्थानीय तह निर्वाचन: ३४ जिल्लामा मतदान जारी (फोटो फिचरसहित)

काठमाडौं । संघीय संरचना अनुसार पहिलो चरणको स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० ह...
श्रीलङ्कामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसरी गरियो स्वागत (फोटो फिचरसहित)

श्रीलङ्कामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसरी गरियो स्वागत (फोटो फिचरसहित)

कोलम्बो(श्रीलङ्का)। राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा शनिवार थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा हर्ष डेसिल्भा तथा श्रीलङ्काका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिन...
हिमालपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन विस्तार

हिमालपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन विस्तार

लमजुङ (बेसीसहर)। लघु जलविद्युत् मात्र रहेको हिमालपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो । दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका...
गृहमन्त्री निधि भन्छन ‘भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, ढुक्क भएर मतदान गर्नुस्’

गृहमन्त्री निधि भन्छन ‘भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, ढुक्क भएर मतदान गर्नुस्’

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिनुभयो । ...
महाकाली नदीमा बगेर तीन जना किशोर बेपत्ता

महाकाली नदीमा बगेर तीन जना किशोर बेपत्ता

भीमदत्तनगर। महाकाली नदीमा बगेर आज तीन किशोर बेपत्ता भएका छन् । महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक बिरादत्त पन्तले जानकारी दिनुभयो । तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिण...
ट्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

ट्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

रत्ननगर (चितवन)। चितवनको भरतपुरमा ट्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ । आज साँझ ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट्र्याक्टर ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले...
दोलखामा माओवादी आतंक: ‘भोट नदिए उडाईदिन्छु भन्दै, हतियार तेर्साउँछन’

दोलखामा माओवादी आतंक: ‘भोट नदिए उडाईदिन्छु भन्दै, हतियार तेर्साउँछन’

दोलखा । दोलखामा माओवादी केन्द्रका कार्यकर्ताले आतंक मच्चाएर धम्क्याउँदै चुनावमा भोट मागिरहेको स्थानीयबासीले गुनासो गरेका छन । दोलखाको गौरीशंकर गाँउपालिकाबासीसमेत रहेका पत्रकार गणेश बस्नेतका अनुसार माओवादी कार्यकर्ताले बन्दुक तेस्राएर धम्क्याउँदै भोट माग्ने गरेका छन । ‘यहाँ त माओवादी आतंक अझै सकिएको छैन ।’ संगालोखबरसँगको फोन सम्पर्कमा दोलखाको गौरीशंकरबाट पत्रकार बस्नेतले भने ‘भोट नदिए उडाईदिन्छु भ...
मतदानको दिन कस्ता सवारी गुड्न नपाउँने ?

मतदानको दिन कस्ता सवारी गुड्न नपाउँने ?

काठमाडौँ। स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभएको जानकारी अनुसार भोलि निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुर...
बिप्लव माओवादीका कार्यकर्ताले निर्वाचन सामग्री लुटेर नष्ट गरे

बिप्लव माओवादीका कार्यकर्ताले निर्वाचन सामग्री लुटेर नष्ट गरे

मुगु । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् । सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल दूरीमा पुगिने रारा छायानाथ नगरपालिका–१२ मा पर्ने शोभा गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नष्ट गरिएको हो । सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको सङ्ख्यामा आएका तिनले...
भोली हुँने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

भोली हुँने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

काठमाडौँ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महि...
मतदाता परिचयपत्र नभए अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

मतदाता परिचयपत्र नभए अन्य सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

काठमाडौँ। निर्वाचन आयोगको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ । आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रम...
नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका बन्द

नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका बन्द

नवलपरासी। स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भए...
काँग्रेस कार्यालयमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

काँग्रेस कार्यालयमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

चितवन। भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ । भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । ...
मतदान केन्द्र तोकिएको स्थानमा बम विस्फोट

मतदान केन्द्र तोकिएको स्थानमा बम विस्फोट

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो । निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट...
रात्रिबस दुर्घटना हुँदा चालकको मृत्यु, आठजना घाइते

रात्रिबस दुर्घटना हुँदा चालकको मृत्यु, आठजना घाइते

दमौली। तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका ...
उम्मेदवारका घरमा बम भेटिने क्रम बढ्दै, सुरक्षा चुनौती थपिँदै

उम्मेदवारका घरमा बम भेटिने क्रम बढ्दै, सुरक्षा चुनौती थपिँदै

नवलपरासी । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो । नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक...
भक्तपुरमा सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति

भक्तपुरमा सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिनुभएको छ । बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्...
फेसवुकबाट लभ परेको ‘ईन्जिनियर’ सँग बिहे गर्दा १० पास गरेको बिबाहित र बच्चाको बाउ परेपछि…

फेसवुकबाट लभ परेको ‘ईन्जिनियर’ सँग बिहे गर्दा १० पास गरेको बिबाहित र बच्चाको बाउ परेपछि…

काठमाडौं । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले । मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई ...
पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालकको सकुशल उद्धार

पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालकको सकुशल उद्धार

गोरखा। गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए । धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्...
रातिबाटै सुरु भयो मौन अवधि, अव के गर्न पाइन्छ, के पाइँदैन ?

रातिबाटै सुरु भयो मौन अवधि, अव के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ । मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न पाइँदैन । बाजा बजाउन, नाचगान गर्न, ...
चितवन पुगेर ओलीले भने- सरकारले चुनावमा धाँधली गर्दैछ, सचेत रहनुहोस्

चितवन पुगेर ओलीले भने- सरकारले चुनावमा धाँधली गर्दैछ, सचेत रहनुहोस्

रत्ननगर (चितवन) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उहाँले प्रस्ट गर्नुभयो । चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उहाँले प्रजातान्त्रिक मूल्यमान्...
सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ घाइते

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ घाइते

चौतारा। काठमाडौँबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नंको यात्रु बस आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् । दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अप...
आगलागीमा जलेर महिलाको मृत्यु

आगलागीमा जलेर महिलाको मृत्यु

बर्दिया। बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । घरका परिवार खेतमा काम गर्न गएका र पुनम एक्लै घरमा भएका बेला आगलागी भएक...
राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भन्नुभय...
निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक...
आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

काठमाडौं । बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बि...
नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

दाङ। दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले  तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिश...
पाँच करोड अवैध विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ

पाँच करोड अवैध विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ...
देउवा र ओलीबीच भेटवार्ता, के भयो कुरा ?

देउवा र ओलीबीच भेटवार्ता, के भयो कुरा ?

भक्तपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो । करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवा...
माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, आधा दर्जन घाइते

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, आधा दर्जन घाइते

दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्य...
अपडेट: त्रिशूलीमा ट्रक खस्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु

अपडेट: त्रिशूलीमा ट्रक खस्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु

चितवन। पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहर...
error: Content is protected !!