नुवाकोट। गोलभेँडामा टुटाकिरा देखा परेको छ ।

Advertisement

नेपालमा पहिलो पटक गत वर्ष भित्रिएको टुटाकिराको प्रकोप यस वर्ष यहाँ देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिनुभयो ।

टुटाकिराले गोलभेँडाको पात, डाँठ हँुदै फल नै खाएपछि देउराली, बुङताङ, किम्ताङलगायत स्थानका किसान मारमा परेका छन् । भारतबाट नेपाल भित्रिएको टुटाकिरा गत वर्ष काठमाडाँै उपत्यका र त्यस वरपरका जिल्ला देखापरेको थियो ।

दुई साताअघि देखा परेको किराले अहिले माहामारीको रुप लिएको छ । “नियन्त्रण गर्न किसानलाई तालिम तथा बास्नादार जाल वितरण गरेका छाँै,” गैरेले भन्नुभयो । गोलभँेडाको बोट नजिकै जाल थापिने गरिन्छ । विषादीको प्रयोगले फलमा असर गर्ने भएको किरालाई जालमा पारेर कम गराउने विधि परीक्षणको रुपमा अपनाएको गैरेको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!