रामपुर (पाल्पा)। पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

Advertisement

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।

आइतवार राति ४ वर्षीय रुपेश गाहाको उपचारको क्रममा मृत्यु भएको हो । च्याउ सेवनबाट बिरामी हुनुभएका २१ वर्षीया इनमाया गाहाको अहिले उपचार भइरहेको छ ।

यसअघि, अर्को घटनामा जङ्गली च्याउ सेवनकै कारण रामपुर नगरपालिका–३ गैलुकमा एक हप्ता अघि पाँचजनाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!