रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ ।

Advertisement

एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ ।

रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड गरिएको सहमतिमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!