पर्यटन व्यवशायी श्रेष्ठको निधन

पर्यटन व्यवशायी श्रेष्ठको निधन

काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा आज निधन भएको छ । अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिनुभयो । ¥याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गर्नुभएको छ । हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलक...
तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते

तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते

 घोराही । दाङको तुलसीपुरमा यात्रु बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । तुलसीपुरबाट दमारगाउँ जाँदै गरेको ग १ ख ५०९६ नम्बरको बस मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-१२ स्थित उरहरी चोक नजिकै दुर्घटना भएको हो । घाइते हुनेहरुमा अमर मावि उरहरीका शिक्षक चिन्तामणि पोख्रेल, शिक्षिका अनिता रेग्मी, तुलसीपुर १२ कचिला निवासी लक्ष्मीमान चौधरी लगायत छन् । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरम...
देउवाले दाबी गरे सरकारको नेतृत्वः माओवादीको समर्थन, राप्रपा सकारात्मक

देउवाले दाबी गरे सरकारको नेतृत्वः माओवादीको समर्थन, राप्रपा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसले सहमतीय सरकारको नेतृत्व दाबी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा रहेका दलहरुको बैठक बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेका हुन् । यद्यपि देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रहृयो । संसद भवनमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा सहमतीय सर...
श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

कोलम्बो (श्रीलङ्का) । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ । बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ । उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यर...
हावाहुरीले उडाएको छानो दुई बर्षसम्म मर्मत नहुँदा पठनपाठनमा समस्या

हावाहुरीले उडाएको छानो दुई बर्षसम्म मर्मत नहुँदा पठनपाठनमा समस्या

बैतडी। बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ । दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको हो । विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्या...
लोप हुन लागेको मादल संरक्षणमा जुटे बादी समुदाय

लोप हुन लागेको मादल संरक्षणमा जुटे बादी समुदाय

रोल्पा। चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् । परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो । मादल बन...
नेपाल बैंकद्धारा विद्यालय भवन पुनःनिर्माणमा सहयोग

नेपाल बैंकद्धारा विद्यालय भवन पुनःनिर्माणमा सहयोग

  काठमाडौ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्...
महाभियोग प्रस्ताव फिर्ता

महाभियोग प्रस्ताव फिर्ता

काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उहाँहरुले प्रस्ताव फिर्ता लिनुभएको हो । ‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आव...
बजेट प्रस्तुत हुँदै

बजेट प्रस्तुत हुँदै

काठमाडौ। व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहनुभएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उहाँले संसद्मा आज आगामी आवको बजेट प्रस्तुत गर्नुभएको हो । यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेक...
भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजार भन्दा बढी सर्वसाधारण फसेर रहेका जनाइएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दा बढी सर्वासधारण त्यहाँबाट भाग्न नसकेर फसेर रहेका अधिकारीहरुले जानकार...
दोस्रो चरणको चुनाव फेरी पनि सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

दोस्रो चरणको चुनाव फेरी पनि सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझ...
अर्को निर्णय नभएसम्म भरतपुरको मतगणना नहुने, छानविन समिति गठन

अर्को निर्णय नभएसम्म भरतपुरको मतगणना नहुने, छानविन समिति गठन

  काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिनेछ । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । लगत्तै निर्वा...
दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी

दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी

 काठमाडौैं । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ । निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव ग...
भरतपुरमा पुनः मतदान कि गणना ? के छ कानुनी व्यवस्था ?

भरतपुरमा पुनः मतदान कि गणना ? के छ कानुनी व्यवस्था ?

 १५ जेठ, काठमाडौं । मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना रोकिएको छ । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाएका छन् । तर, चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले मतपत्र च्यातेको बताएका छन् । यसबारे सथ्यतथ्य छानविन होला नै । तर, अब पुनःमतगणना कि मतदान भन्ने बहस सुरु भएको छ । नेकपा एमालेले च्यातिएका मतपत्रहरु...
बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

लहान। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् । विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना४ख ८०६२ नंको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नंको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना१ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्...
रेणु दाहालले रञ्जु दर्शनाबाट सिकुन्- लोकतन्त्र के हो ?

रेणु दाहालले रञ्जु दर्शनाबाट सिकुन्- लोकतन्त्र के हो ?

काठमाडौं । आज गणतन्त्र दिवस । हामीले शुभप्रभातमा सुनेको अशुभ खबर हो- भरतपुरमा मध्यरातमा मतपत्र च्यातियो । राति नै मतगणनास्थलमा झडप भयो र माओवादी कार्यकर्ताले मतपत्र च्याते । गणतन्त्र दिवसका दिन एकाबिहानै शुभ खबर सुन्नुपर्ने हाम्रा कानले यस्तो घृणित समाचार सुन्नुपर्‍यो । लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचनको चिरहरण गरिएको समाचार ऐतिहासिक दिनमा सुन्नु निकै दुखद घटना हो । गणतन्त्र दिवसको ब...
गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

काठमाडौ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाउनुभयो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको ...
चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

भक्तपुर। चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा ...
एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताउनुभएको छ । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताउनुभएको छ । जिल्लाका विभ...
तत्काल मतगणना सुरु गर्न एमालेको माग

तत्काल मतगणना सुरु गर्न एमालेको माग

चितवन। नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गर्नुभयो । भरतपुर महानगरपाल...
नहरमा डुबेर बालिकाको मृत्यु

नहरमा डुबेर बालिकाको मृत्यु

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो । नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन । धामीसँगै गएका अन्य एक बालिका भने सकुशल रहेको स्थानीयवासीले जानकारी दिएका छन् । पानीमा डुबेर घाइते अवस्...
बीस दिनदेखि वृद्ध बेपत्ता

बीस दिनदेखि वृद्ध बेपत्ता

गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ डाम्हीमडै बस्ने एक वृद्ध २० दिनदेखि बेपत्ता भएका छन् । वैशाख २५ गते भतिजीको बिहे हेर्न घरबाट धनुषाको जनकपुरधामस्थित मसालाकटेजमा गएका ७० वर्षीय महेन्द्र ठाकुर बिहे कार्यक्रमबाटै अचानक हराएका छन् । भतिजीको बिहे चलिरहेकै बेला राति ३ बजेतिर वृद्ध ठाकुरले विवाहस्थलको छेउमै रहेको गाउँले छिमेकीको घरमा सुत्न भनी गएकोमा उनी हालसम्म फेला नपरेको निजक...
गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

बनेपा । काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो । जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिनुभयो । कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, ¥याले, काभ्रेपलाञ्च...
आपराधिक घटनामा संलग्न छ जना पक्राउ

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

रत्ननगर (चितवन) । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राज...
माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणनास्थलमा तनाव

माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणनास्थलमा तनाव

चितवन । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ । मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । राति पौने १२ बजे उनीहरुले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । न्यौपानेलाई प्रहरील...
भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौ। भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हज...
अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

काभ्रे । अत्याधिक वर्षाका कारण साविक उग्रचण्डी नाला हाल बनेपा नगरपालिका– ३ र ४ मा उत्पादित सागपातको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका हुन् । उत्पादित सागपातमा पानीले क्षति पु¥याएका कारण किसानले उचित मूल्य नपाएका हुन् । लगातारझरिका कारण उत्पादन बढेपनि पानीले सागपात नै कुहिने अवस्थामा पुगेको स्थानीय सरस्वती बजगाईंले बताउनुभयो । आफूले लगाएको सागतपातमध्ये काउली र बन्दामा पानीले अत्याध...
सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

काठमाडौ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गरेको छ । सगरमाथा आरोही फिन्जो शेर्पाको प्रयासमा थालिएको उक्त सेवाबाट गौरीशङ्कर, नागुन र खेल्चाका ५०० सर्वसाधारणका साथै पर्यटक लाभान्वित भएका छन् । जिल्लाको अति विकट उक्त गाउँमा दूरसञ्चार सेवा प्रारम्भ भएपछि सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम गर्न सहज भएको छ ।
धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

बागलुङ । धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याउने लक्ष्य छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकत...
पेस्तोलसहित पक्राउ

पेस्तोलसहित पक्राउ

धनुषा। जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्य...
पसलमा भीषण आगलागी

पसलमा भीषण आगलागी

खजुरा (बाँके) । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ । करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पस...
error: Content is protected !!