रत्ननगर (चितवन)। भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् ।

चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफल नहुँदा १९ दिनपछि गत शनिबार मृत्यु भएको थियो ।

Advertisement

चिकित्सकको लापर्बाहीले उनको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । आइतबार साँझ प्रमुख जिल्ला अधिकारी नारायण भट्टसहित भएको छलफल सहमतिमा टुङ्गेपछि साँझ ६ बजे शव उठेको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार सबैको पहलमा बालकलाई छात्रवृत्तिमा पठाइदिने र उनको आजीवन अस्पतालले निःशुल्क उपचार गर्नेलगायतको सहमतिपछि शव उठेको हो ।

उहाँका अनुसार सो विषयमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित एउटा समितिसमेत बनाइएको छ । अस्पतालले भने उनको इन्फेक्सन भएकाले मृत्यु भएको जनाएको छ । शिशुको स्वास्थ्य भने राम्रो छ ।

मृतकका दाजु जीवलाल पौडेल अस्पतालको लापर्बाही कै कारण बहिनीको मृत्यु भएको दाबी गर्नुहुन्छ । उहाँले घटनाको विषयमा एउटा समिति पनि बनाइएको र अन्तिममा बच्चाले चाहेमा जागिर दिने, अस्पतालले निःशुल्क उपचार गर्ने, सबैको पहलमा निःशुल्क पढाउने सहमति गरेर शव बुझेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!