बर्दिवास। महोत्तरीको बर्दिवास–३, पाटुका एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ ।

Advertisement

आज पात झार्न बस्ती नजिकैको वनमा पियारीको रुख चढेका ७० वर्षीय वृद्ध बलबहादुर ढुङ्गेलको रुखबाट खस्दा मृत्यु भएको , बर्दिवास इलाका प्रहरी कार्यालयले जनाएको हो ।

सधैँ घाँस दाउराको काम गर्दै आएका ढुङ्गेल रुख चढेर घाँस झार्ने क्रममा चिप्लेर भिरमा पछारिएका थिए । परिवारजनले तत्काल ढुङ्गेललाई बर्दिवासस्थित जनसेवा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

प्रहरीले शव परीक्षणका लागि जनकपुर अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!