इटहरी  । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।

बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।

Advertisement
 प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएपछि मतगणना सञ्चालन हुने पक्का भएको हो ।
अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ ।मतगणकका रुपमा रहेका दुई कर्मचारीले गरेको नियोजित गल्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको नेकपा ९माओवादी केन्द्र० लगायतका राजनीतिक दलको आग्रहमा ती कर्मचारीहरु हाललाई निलम्बित भएको बताइएको छ भने अरू बाँकी ती कर्मचारीले कस्तो सजाय पाउने हुन् भन्ने यकिन भइसकेको छैन ।

गणना भइसकेको वडाको नतिजाअनुसार वडा नं १ र २ मा नेपाली काँग्रेसले सबै पद जितेको छ भने ३, ४, ५, ६, ७ र ८ वडामा नेकपा ९एमाले०ले जित निकालेको छ ।

धरान उपमहागनरको कुल ८० हजार मतदातामध्ये ५३ हजार ८१२ जना मतदाताले मात्र मतदानमा सहभागिता जनाएर मत हालेका छन् । धरानमा विसं २०६८ को जनगणना अनुसारका कुल मतदातामध्ये २६ हजार १८८ मतदाता मतदानमा सहभागी भएका छैनन् ।

ती सहभागी नभएका मतदातामध्ये अधिकांश वैदेशिक रोजगार वा शिक्षा आर्जनका लागि विदेशमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!