संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको जित, मुरारी खतिवडा भए मेयर

संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको जित, मुरारी खतिवडा भए मेयर

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमाललले जितेको छ । एमालेका मुरारी खतिवडाले ५५६५ मत ल्याएर जित हात परेका हुन् । उनका निमटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलियाले ५हजार १३१ मत पाए । उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी दिगेश्वरी श्रेष्ठ ५ हजार ४९३ मतसहित उपमेयरमा निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला बस्नेत तामाङले ५ हजार २०८ मत ल्याइ...
ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले विजयी

ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले विजयी

  ताप्लेजुङ।  ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल विजयी हुनुभएको छ । उहाँ ३ हजार ८ सय ९५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत पाउनुभयो । उपमेयरमा नेकपा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३ हजार १ सय २९ मत ल्याएर विजयी हुनुभयो । उपमेयरमा एमालेकी बिमला सुब्बाले २ हजार ९ सय १५ मत ...
अछामको मंगलसेनमा सत्तारुढ गठबन्धन एमालेसँग पराजित, बोहोरा बने मेयर

अछामको मंगलसेनमा सत्तारुढ गठबन्धन एमालेसँग पराजित, बोहोरा बने मेयर

मंगलसेन । सत्तारुढ कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अछाम सदरमुकाम मंगलसेनमा बाजी मारेको छ । मंगलसेन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयर पदमा एमालेका पदमबहादुर बोहरा चार हजार छ सय ९१ मत र उपमेयर पदमा सरिता उपाध्याय चारहजार ९ सय ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद...
कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेरमा एमाले

कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेरमा एमाले

  कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका वीरवहादुर सुनार ५१३४ मतसहित निर्वाचित भएका हुन् । उनी एमालेका किशोर लिम्बुलाई ४३७१ मतमा रोक्दै विजयी भएका हुन् । उपमेयरमा एमालेकी चिनी गिरी ५२७१ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसकी गंगादेवी जोशी ४७१६ मत ल्याएर दोस्रो भइन् ।
धनकुटाको साँघुरीगढी गाउँपालिकामा एमाले विजयी

धनकुटाको साँघुरीगढी गाउँपालिकामा एमाले विजयी

धनकुटा,१८ असार । धनकुटाको साँघुरीगढी गाउँपालिकामा पनि कांग्रेस–संघीय समाजवादी गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमालेका कुमारजंग याखा ४ हजार ४ सय ४९ मतसहित साँघुरीगढीको अध्यक्षमा बिजयी भएका हुन । उनका निकतटम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार जितेन्द्र रुम्दाली राईले ३ हजार ३ सय ३३ मत प्राप्त गरेका छन । १ हजार १ सय १६ मतान्तरले एमाले उम्मेदवार याखा अध्यक्षम...
धनकुटाको महालक्ष्मी नगरमा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटाको महालक्ष्मी नगरमा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटा, १८ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमाले उम्मेदवार पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मतसहित महालक्ष्मीको मेयर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार अग्नी प्रसाद पौडेलले ३ हजार १ सय ५६ मत पाएका छन । १ हजार ७ सय ४१ मतान्तरले एमाले उम्मेदवार नेपाल बिजयी भएका हुन । ...
धनकुटा नगरमा एमाले विजयी, चिन्तन तामाङ्ग भए मेयर

धनकुटा नगरमा एमाले विजयी, चिन्तन तामाङ्ग भए मेयर

धनकुटा, १७ असार । धनकुटा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमाले उम्मेदवार चिन्तन तामाङ्ग नगरको मेयरमा बिजयी भएका हुन । उनले ४ हजार ९ सय ३३ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिएका छन । १ सय १४ मतान्तरले एमालेका उम्मेदवार तामाङ्ग धनकुटा नगरको मेयरम...
उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमाले विजयी

उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमाले विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुमत जितेको छ । अध्यक्षमा एमालेका मानवहादुर केप्छाकी मगर ४४२५ मत प्राप्त गरि बिजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै सानुकुमारी राउत ३५३८ मत प्राप्त गरि विजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकका जीतवहादुर खड्काले २९८१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा पराजित कांग्रेसकी बिमाकुमारी राईले ३...
ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा कांग्रेसको जित

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा कांग्रेसको जित

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका नवराज केसीले ३ हजार २४१ मत ल्याएर जित हात पारेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरे २ हजार ७९५ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले जितेका छन् । कांग्रेसकी निर्मलादेवी रैकाले ३ हजार २४५ मत ल्याएर जित हात परेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले ३ हजार...
इलामको चुलाचुली गाउँपालिकामा एमालले जित्यो

इलामको चुलाचुली गाउँपालिकामा एमालले जित्यो

इलाम । इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिपचन्द्र राईले जितेका छन् । यसरी नै उपाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३...
संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका रत्न सुब्बा २ हजार ६० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीम लिम्बूले २ हजार ३ मत मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता दाहाल २ हजार १ सय ५० मतका साथ विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसकी राधा गौतमले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छन् ।
पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।
‘हाउ फन्नी’ निर्देशक निलुको निधन

‘हाउ फन्नी’ निर्देशक निलुको निधन

चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ । हृदयघात भएपछि उनलाई टिचिङ अस्पताल लगिएको थियो । गतबर्ष चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निलु नयाँ चलचित्रको तयारीमा थिइन् ।
तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराज...
भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभ...
दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेका प्रेमसिंह धामीको जित

दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेका प्रेमसिंह धामीको जित

काठमाडौं । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । विहान १० बजे मतगणना सम्पन्न भएको नौगाढ गाउँपालिमामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १८१६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २३०६ मत प्राप्त गदै विजयी भइन् । उनका प्रतिष्पर्धी ...
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटा, १७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका शेर बहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बिष्णु बहादुर लिम्बुले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन । १ हजार ८ सय १८ मतले अध्यक्षमा एमालेका लिम्बु बिजयी भएका हुन । उपाध्यक्षमा ३ हजार २ सय ८९ मतसहित एमालेकी भीमकला श्रेष्ठ बिजयी ...
बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन । मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी पार्वती विष्टले २१६४ मत प्राप्त गरिन् ।
सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शनिवार विहान सार्वजनिक नतिजा अनुसार सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा एमालेका बीरबहादुर राई १ हजार ३ मतले विजयी भएका छन् । उपाध्यक्षमा पपिन एमालेकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतले विजयी भएकी छिन् । पछिल्लो मतगणनामा पुरै उलि्टएको सोताङ्गको नतिजाअनुसार स्वतन्त्र तर्फका उम्मेद्धार दिपक खड्काले दोश्रो मत ८ सय ७१ ल्य...
विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्ट शनिबार दिउँसो तम्घास आउने कार्य...
दोस्रो चरणमा पहिलो दलित प्रमुख, प्युठानको सरुमारानीमा एमालेका झगवहादुर

दोस्रो चरणमा पहिलो दलित प्रमुख, प्युठानको सरुमारानीमा एमालेका झगवहादुर

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेले बिजय हासिल लगरेको छ । गाउँपालिकमा अध्यक्षमा एमालेका झगवहादुर विश्वकर्मा ३६७७ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दोरवहादुर दर्लामीले २२४१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै मीना सोमई ३६८० मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तुलसा विष्टले १६११ मत प्राप्त गरेकी छन् ...
डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक

डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक

डोटी । डोटी जिल्लाका ९ स्थानीय तहमा रहेका जम्मा ६५ वडाहरुमध्ये हालसम्म ५१ को परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले २५ वडामा बिजयी प्राप्त गरेर पहिलोस्थानमा रहेको छ । एमालेले २३ वडाहरुमा जितेको छ । माओवादी केन्द्रले ३ वडाहरु जित हात पारेको छ । कांग्रेसले के आई सिंहमा एकलौटी जित हात पारेको छ । ७ वडा रहेको यस गाउँपालिकामा सदस्यहरु सहित ७ वटै वडाहरु कांग्रेसको पोल्टामा...
दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमाले विजयी

दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमाले विजयी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धर्मानन्द मन्यालले १ हजार २ सय ४९ ल्याउँदै जित हात पारेका हुन् । यस्तै, उपाध्यक्ष पदमा पनि एमालेकै उर्मिला बोहोरा १ हजार ३ सय ३६ मतसहित विजयी भइन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भगत ठेकरेले ९ सय ८८ मत ल्याएका छन् भने उपाध्यक्ष पदकी प्रत्यासी नेपाली कांग्...
बझाङको बित्थडचिर गाउँपालिकामा एमाले विजयी

बझाङको बित्थडचिर गाउँपालिकामा एमाले विजयी

बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा नेकपा एमालेले विजय हात पारेको छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बोहोरा २ हजार ७ सय ११ मतका साथ विजयी भएका छन् । बोहोराका निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर खड्काले २ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै जानकी बोहोरा २ हजार ८ सय २५ मत सहित विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमला जोशीले २ हजार ३ सय ३० मत प्राप्त गरेक...
उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

उदयपुर। उदयपुरको ताप्लिपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन् । विजयी थापाले १ हजार २ सय ९१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले १ हजार २ सय ६८ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामा...
डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी

डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी

डोटी । डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा सबै पदमा नेपाली कांग्रेस विजयी भएको हो । अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र शाहीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत अन्तरले विजयी हासिल गरेका छन । शाहीले ३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ ...
धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमाले विजयी

धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमाले विजयी

धनकुटा, १६ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज राई विजयी भएका छन । उनले ४ हजार ५४ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत पाएका छन । एमालेका राई २ हजार ४ सय ७५ मतान्तरले बिजयी भएका हुन । उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राई बिजयी भएकी छन । उनले ३ हजार ९ सय १६ मत पाएकी छन भने उनका निक...
नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी

नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी

 नवलपरासी । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले २ हजार ९ सय ६३ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थरुनीले २ हजार ९ सय ४० मत प्राप्त गरी विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द...
प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित

प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा माओवादी केन्द्र विजयी भएको छ । डडेलधुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् । यसअघि डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए । डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छ...
दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी

दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी

 दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । अध्यक्षमा एमालेका परमानन्द जोशी २ हजार २ सय ३५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तम नाथले २ हजार १ सय ३५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै माधवी जोशी २ हजार २ सय ३० मतका साथ विजयी भएकी छन् । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी कांग्रेसकी जानकी ओझाले २ हजा १ सय ५० मत ...
error: Content is protected !!