दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। निकटत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका उम्मेदवार घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित भएका हुन्।

Advertisement

पाण्डेले निकटत्म प्रतिष्पर्धी कांग्रेसका उम्मेदवारभन्दा ३ हजार ९ सय ५४ अन्तरमा विजयी हासिल गरेका हुन्। उपमेयरमा आचार्यले भने ८ सय ५२ मतान्तरले विजय हासिल गरेका हुन्।

पाण्डेले २२ हजार ८ सय ५७ मत पाएका हुन् भने उनका निकटत्म प्रतिष्पर्धी गिरीले १८ हजार ९ सय ३ मत ल्याए।

त्यस्तै उपमेयरमा माया आचार्यले २१ हजार ३७ मत ल्याइन् भने उनका निकटत्म प्रतिष्पर्धी कांग्रेसका देवका नेपालीले २० हजार १ सय ८५ मत ल्याइन्।

एमालेले तुल्सीपुरका वडा नम्बर १, ३, ४, ६, १२, १५, १६, १८, १९ मा प्यानल विजयी भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!