काठमाडौं, २२ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने बताएको छ ।

गत जेठ १५ मा शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भए पनि लागू नभएको भन्दै सो सङ्गठनले कडा आन्दोलनको चेतावनी दिएको हो ।

Advertisement

सो सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी गर्ने काठमाडौं, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप सङ्घर्ष सञ्चालन गर्ने बताएको छ । सङ्गठनका सचिव रामबहादुर विकले शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन गरिने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!