बाढीपहिरोले क्षति पुर्याएका पाँच जिल्लामा ३५ टन तारजाली वितरण
काठमाडौँ। भू–तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पुर्याएको पाँच जिल्लामा तारजाली वितरण गरेको छ ।
विभागले दार्चुला, गोरखा, लमजुङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा तारजाली वितरण गरेको हो । दार्चुला र गोरखामा १०/१० टन, लमजुङमा तीन, मकवानपुरमा सात र काभ्रेपलाञ्चोकमा पाँच टन तारजाली वितरण गरेको विभागका महानिर्देशक विजयराज पौडेलले जानकारी दिए।
“वर्षा लागेसँगै धेरै जिल्ला र व्यक्तिबाट तारजाली माग ...

