सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

दाङ । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका-१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ। महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन। अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्ट...
हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपा...
कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ । धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् । तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिय...
प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर...
‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तर...
हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसह...
मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए । पुरा...
आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

काठमाडौं, १६ साउन। नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर ...
पहिरोका कारण  पूरै गाउँ विस्थापित हुने अवस्थामा

पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । यस वर्ष वर्षात् शुरु भएसँगै स्...
प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

रुकुम।यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ । तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शिक्षक तोकिएको छ भने करिब छ सय छात्रछात्राले सो भाषामा अध्यय...
फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम...
एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

म्याग्दी।  पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् । संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम...
एउटा यस्तो विद्यालय, जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेका छैनन्

एउटा यस्तो विद्यालय, जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेका छैनन्

काठमाडौं, १५ साउन। कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन...
छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र  घरनिकाला

छोरी जन्माएको भन्दै महिलामाथि कुटपिट र घरनिकाला

कपिलवस्तु। छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिद...
बस दुर्घटना हुँदा ३२ जना घाइते

बस दुर्घटना हुँदा ३२ जना घाइते

नवलपरासी। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाह्र जनाको बुटवल र ...
१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे

१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हु...
यौनधन्दामा संलग्न १६ जना पक्राउ

यौनधन्दामा संलग्न १६ जना पक्राउ

काठमाडौं। यौनधन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट १६ जनालाई पक्राउ गरेको छ । जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय  निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अन...
जिप दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते

जिप दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते

कलैया। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । माछा राखेर काठमाडौँतर्फ गइरहेको ग२च २३२० नं को बोलेरो पिकअप जिप सो राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो । जिप चालक चितवन, भरतपुर–७ बस्ने ४...
मानवीय कारणले सर्प लोप हुँदै

मानवीय कारणले सर्प लोप हुँदै

चितवन । वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ । मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ । “सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ,” स...
काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने

काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने

काठमाडौँ । नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिब...
सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ । बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको जानकारी प्राप्त हुनआई अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेकाले अरू कुरा अनुसन्धानपछि मात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बता...
चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ

चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ

भक्तपुर । प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सूर्यविनायक नगरपालिका ९ स्थिती पलासेमा रहेको वाटर किंगडम होटलबाट चितुवाको छाला थान १ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची न.पा. १० शिखरपुर बस्ने बर्ष २७ को जीवन तामाङ, दोलखा तामाकोशी गाउपालिका २ बस्ने बर्ष २७ को सुरेन्द्र पाख्रिन र भिमेश्वर न.पा. ९ बस्ने ...
रेस्टुरेन्टमा आगलागी : पाँच लाख बढीको क्षति

रेस्टुरेन्टमा आगलागी : पाँच लाख बढीको क्षति

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका कुर्सी, टेबुल, इन्भर्टर, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको रेस्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले बताउनुभयो । स्थानीय व्यवसायी, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो ।
पुल भाँच्चीएर यात्रुबाहक बस खोलामा खस्दा, एकको मृत्यु, दर्जनौ घाइते

पुल भाँच्चीएर यात्रुबाहक बस खोलामा खस्दा, एकको मृत्यु, दर्जनौ घाइते

काठमाडौं । खचाखच यात्रु बोकेर खोला तरदै गरेको अवस्थामा पुल भाँच्चीएर बस खोलामा खस्दा आज मध्यान्न एक जनाको मृत्यु भएको छ भने २७ भन्दा बढी घाइते भएका छन् । कास्कीको मुंग्रेवेसी भएर लमजुङको पासगाँउ जाँदै गरेको ना५ख ६३९५ नम्बरको यात्रुबाहक बस लमजुङ र कास्की जोडने रुदी दोभानमा खसेको हो । खोलाले बगाएर एक यात्रु बेपत्ता समेत भएका छन् । प्रहरीका अनुसार बसमा सवार दुई जनालाई सोही बसले थिचेको अवस्थामा थि...
श्रीमतीको खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

श्रीमतीको खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो । “हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प¥यो,” प्रहरी निरीक्षक घिमिरेले भ...
सडकका खाल्टा पुर्ने काममा तीव्रता

सडकका खाल्टा पुर्ने काममा तीव्रता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्टा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा आज बिहान नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चावहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चावहिलमा १० वटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको उक्त कार्यालयका सहसचिव दामोदर रेग्...
लमजुङमा बस दुर्घटना, तीसजना घाइते

लमजुङमा बस दुर्घटना, तीसजना घाइते

लमजुङ । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् । ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए । कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्...
ह्याम्मरले हानेर श्रीमतीको हत्या

ह्याम्मरले हानेर श्रीमतीको हत्या

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् । उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतील...
क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग

क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग

युएर्इ। मितेरी समाज युएर्इले क्यान्सर पिडित दुर्गामाया ठकुरीलार्इ आर्थिक सहयोग गरेको छ। बिगत लामो समय देखि ब्रेस्ट क्यान्सरले थलिएकी सिन्धुपाल्चोककी ठकुरीलार्इ एक लाख बयानब्बे हजार रूपैयाँ सहयोग गरेको हो। संस्थाका बरिष्ठ सल्लाहकार टिका श्रेष्ठ, सदस्यहरू जीत लामा, सरिता लामा, लोक दोहोरी गायक रमेश बाबु थापा तथा आशा फाउण्डेशन एच फोरका अध्यक्ष एवं ९पुर्ब प्रस्ताबित युएर्इको लागि राजदुत आशा लामाको टो...
हत्या अभियोगमा दश वर्षपछि पक्राउ परे प्रमेश बुढाथोकी

हत्या अभियोगमा दश वर्षपछि पक्राउ परे प्रमेश बुढाथोकी

चरिकोट ।  खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलकाअनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो । तत्कालिन नेकपा (माओवादी)मा लागेर द्वन्द्वका समयमा आफ्ना ...
त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा ख...
error: Content is protected !!