काठमाडौं । कृषि फार्म सञ्चालकको हत्या आरोपमा दम्पती जेल चलान भएका छन् । ललितपुरको ठेचोस्थित अर्गानिक एग्रोभेटका सञ्चालक मेघनाथ भुसालको हत्या अभियोगमा पक्राउ परेका कान्छीमाया तामाङ र उनका श्रीमान् मानबहादुर तामाङलाई बुधबार जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । चक्कुले हानेर १८ साउनमा उनीहरूले भुसालको हत्या गरेका थिए ।

Advertisement

हत्या अझै रहस्यमै ?
१८ साउनको दिउँसो ललितपुरको भैँसेपाटीमा प्रहरीको सिआरभी भ्यानमा पुगेर एक महिलाले प्रहरीलाई भनिन्, ‘मलाई एकजनाले बलात्कार गर्न खोज्यो, मैले मारिदिएँ ।’

चक्कु हातमा बोकेर ती महिला त्यहाँ गएकी थिइन् । प्रहरी हतारहतार घटनास्थलतर्फ लाग्यो । भैँसेपाटीपारि रहेको ठेचोस्थित नख्खु करिडोरको छेउमा रहेको अर्गानिक एग्रोभेटको सानो टहरोमा एक व्यक्ति रक्तात्य अवस्थामा मृत भेटिए । आफूलाई बलात्कार गर्न खोज्दा हत्या गरेको प्रहरी सिआरभीमा पुगेकी कान्छीमाया तामाङले बताएकी थिइन् ।

तामाङ भुसालकै एग्रोफर्ममा कामदार थिइन् । उनी श्रीमान्ले कान्छी बिहे गरेपछि फार्मकै टहरोमा तीन बच्चासहित बस्दै आएकी थिइन् । घटनास्थलको अवस्था हेर्दा कान्छीमायाको भनाइसँग तालमेल मिलेको थिएन ।

उनले पटक–पटक कुरा फेरिरहेकी थिइन् । थप सोधपुछका क्रममा उनले श्रीमान् पनि हत्यापछि टहरोमा आएको बताइन् । त्यहीँबाट प्रहरीको अनुसन्धानले नयाँ मोड लियो ।

तत्कालै प्रहरीले उनका श्रीमान् मानबहादुरलाई पक्राउ गर्‍यो । पक्राउपछि सोधपुछका क्रममा आफूले नै भुसालको हत्या गरेको तर बलत्कार गर्न खोज्दा हत्या गरेको बताउँदा कारबाहीबाट उन्मुक्ति पाइने भएकाले आफूले श्रीमतीलाई चक्कु दिएर प्रहरीमा पठाएको बयान दिए । भुसाललाई श्रीमतीसँग भेटेपछि आफूले हत्या गरेको दाबी मानबहादुरले गरेका छन् ।

प्रहरीले हत्यामा दुवैलाई दोषी दाबी गरी मुद्दा दायर गरेको थियो । अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको चापागाउँ वृत्तका डिएसपी आभूषण तिम्सिनाले बताए । मानबहादुर पनि कहिलेकाहीँ सो फर्ममा काम गर्थे । उनको केही समयअघि भुसालसँग विवाद भएको थियो । सोही कारण उनले हत्या गरेको प्रहरी आशंका छ ।-नयाँ पत्रिका

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!